प्रथम ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगितामा काठमाडौंको पश्चिम क्षेत्र अन्तर्गत पर्ने सानो भरयाङ् ठूलो भर्याङ् इकाइ समिति बिजयी

काठमाडौं, चैत १६
ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समितिले आयोजना सम्पन्न प्रथम ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगितामा काठमाडौंको पश्चिम क्षेत्र अन्तर्गत पर्ने सानो भरयाङ् ठूलो भर्याङ् इकाइ समिति बिजयी भएको छ । प्रतियोगितामा पूर्बी क्षेत्रीय समिति अन्तर्गत रहेको कपन इकाइ समिति उपबिजेता हुन सफल भए ।
विजयी टिम तथा खेलाडीहरुलाई एक कार्यक्रम गरी शिल्ड, पदक र नगदद्वारा सम्मानित गरियो ।  काठमाडौ जिल्लाभित्र रहेका १४ वटा इकाइ समितिहरु, काठमाडौ, ललितपुर जिल्ला र महाघको टिमले प्रतियोगितामा भाग लिएको बताइएको छ । नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले उनीहरुलाई पुरस्कार वितरण गरे ।


सो अवसरमा उनले वर्षभरि आफ्नो ब्यवसायमा ब्यस्त भइरहने ग्रील तथा स्टील ब्यवसायिहरुलाई यस किसिमको फुटबल खेलले रिफ्रेसमेण्टसगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने भएको बताए । त्यसकारण उनले देशब्यापी रुपमा फुटबल लगायतका अन्य खेलहरु आयोजना गर्न ग्रील तथा स्टील ब्यवसायीहरुलाइ आग्रह गरे ।
ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्षसमेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रील उध्योहरु पूर्ण रुपमा सन्चाल्न गर्न नसक्दा भाडा तिर्न कर्मचारिलाई तलब दिन र बैकको ब्याज समेत तिर्न नसकिरहेको अवस्थामा पुगेको उनले बताए । उनले पूर्बी क्षेत्रीय समितिले ब्यवसायमा छाएको नैरास्यतालाई कम गर्न ग्रील ब्यवसायिहरु ऐतिहासिक प्रथम फूट्बल प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गरे ।
पूर्बी क्षेत्रीय समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ, निबर्तमान बरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी लगायतका ब्यक्तिले आफ्नो धारणा राखेका थिए ।