काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना
भक्तपुर, असार २९ गते
भक्तपुरको प्रसिद्ध मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना गरेको छ । काक्राबारीका बौद्धमार्गी तामाङ समुदायकालागि यो पहिलो आफ्नौ तिर्थ स्थल बनेको छ । ललितपुर महानगरपालिका वडा नं. १२ प्रयाग पोखरीस्थित सद्धर्मायतन विहारका प्रमुख भिक्षु पञ्ञासार महास्थविरको अगुवाईमा स्थानीय सिंचाहिटी निवासी राजेन्द्र शाक्यको परिवारबाट प्राप्त बुद्ध मुर्ति वन्दुङ डाँडामा स्थापना भएको हो । वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना भएपछि स्थानीय तामाङ समुदायले नाँचगान गर्दै खुसियाली मनाएका छन् । बुद्धलाई दर्शन गर्न कहिले बौद्ध, स्वयम्भु, नमःबुद्धसम्म पुग्नुपर्ने बाध्यताको अन्त गर्दै गाउँलेहरुको आर्थिक भौतिक सहयोगमा बन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना भएको स्थानीयहरुले बताए । गाउँका अधिंकास बासिनदा तामाङ समुदाय रहेको र ति तामाङ समुदायहरु बौधधर्मालम्बीहरु रहेको भएपनि स्थानीयस्तरमा बौद्ध सम्पदा कुनै नभएकाले फाइबरको मुर्ति भएपनि स्थापनाको पहल भएको बन्दुङ डाँडा बुद्धमुर्ति स्थापना उपभोक्ता समितिका अध्यक्ष बुद्ध लामाले बताए । बन्दुङ डाँडामा बुद्ध मुर्तिसँगै स्तुपा स्थापना गरेर बौद्ध धर्मको प्रवर्धन तथा पर्यटन विकास गर्ने योजना रहेको उहाँले बताए ।


सो अवसरमा मुनि विहारका भिक्षु विपस्सी महास्थविर र प्रयाग पोखरीस्थित सद्धर्मायतन विहारका प्रमुख भिक्षु पञ्ञासार महास्थविरसहितका अतिथिहरुले बौद्ध दर्शन अनुसार विभिन्न स्लोकहरु वाचन गर्दै मुर्तिमा प्राणप्रतिस्थापन गरेका थिए ।
बज्राशनमा रहेको बुद्ध मुर्तिको महत्वलाई झल्काउँदै भिक्षु विपस्सी महास्थविरले बुद्धको बज्राशन भनेको बुद्धले ज्ञानप्राप्त गरेको आशन भएको भन्दै यस मुर्तिको पूजा, आरधना, मान, गौरव गरेमा बुदगयाको तिर्थ गरे जति फल प्राप्त हुने धारणा व्यक्त गरेका थिए । भिक्ष विपस्सीका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि सोही आशनबाट प्रवचन दिन थालेका थिए ।
बुद्धमुर्ति स्थापना पूर्व तामाङ समुदायले आफ्नो परम्परागत मूल्यमान्यता अनुसार डंफु र अन्य बाजा बजाउँदै नाँचगानसहित गाउँ परिक्रममा गरेर बन्दुङ डाँडामा बुद्ध मुर्ति स्थापना गरेका हुन।













