भोलि देखि सुरु हुने भक्तपुर कप जनसञ्चारबाट लाईभ हुने
भक्तपुर, फाल्गुण १७ गते
भोलि देखि तेस्रो भक्तपुर कप सुरु हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तेस्रो भक्तपुर कपको शुक्रबार विहान ८ बजे उद्घाटन गर्ने छन् । भक्तपुरको महेश्वरी खेल मैदानमा आयोजना हुने सो प्रतियोगिताको अन्तिम तयारी पूरा गर्दै प्रतियोगिता संयोजक सुरेश कवांले तेस्रो भक्तपुर कप २०८० भव्य रुपमा सफल पार्न प्रतियोगितामा प्रत्यक्ष सहभागि हुन आग्रह गर्नु भएको छ ।
उद्घाटन खेलमा आयोजक भक्तपुर युवा टिम र दीर्घायु एफसी बीच हुने जानकारी दिदै संयोजक कवांले भक्तपुर कपले फुटबल खेलको विकास र गुणस्तरीय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पहिलो हुनेलाई १लाख २५ हजार नगद पुरस्कार र दोस्रो हुनेलाई ६५ हजार नगद तथा मेडल सहितको पुरस्कारको व्यवस्था रहेको तेस्रो भक्तपुर कप सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै आयोजक समितिका अध्यक्ष केशव कवांले प्रतियोगिता जोकोहीले नि:शुल्क रुपमा अवलोकन गर्न पाउने बताउँदै सबैजनालाई प्रतियोगिता हेर्न आउन आग्रह गर्नु भएको छ ।
विभिन्न १६ वटा टिमले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिता फाल्गुण १८ गते देखि २६ गतेसम्म आयोजना छन् । सो प्रतियोगिताको जनसञ्चार टेलिभिजन र फेसबुक पेजहरुबाट प्रत्यक्ष प्रसारण हुने छ।














