बाराही साकोसको दुईदिने स्याम्पू, सावुन तालिम सम्पन्न

बाराही साकोसको दुईदिने स्याम्पू, सावुन तालिम सम्पन्न

भक्तपुर, पुस २२ गते
बाराही वचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उपसमितिको आयोजनामा २ दिने स्याम्पू, हात धुने झोल सावुन, वासिङ्ग मेसिनको झोल साबुन, कोलिन, एलोबेरा जेल, डिसवास बनाउने तालिम आज सम्पन्न गरेको छ । २४ जना सहभागि रहेको सो तालिम प्रशिक्षक नारायणभक्त भेलेले दिएका थिए । तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई संस्थाका अध्यक्ष विश्वराम त्वायनाले प्रमाण पत्र वितरण गर्दै तालिमबाट सिकेको सिपलाई व्यवसायिकरण र बजारीकरण गर्नुपर्नेमा विशेष जोड दिनु भयो ।

आयोजक समितिका रत्नकेशरी सुकुपायोको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रशिक्षक नारायणभक्त भेले, प्रशिक्षार्थीहरुको तर्फबाट कृष्णमाया राई, लक्ष्मीकेशरी तुल्सीबाख्यो तुईतुईले पनि तालिमबाट प्राप्त उपलब्धीहरुका बारेमा आआफ्नो धारणा राखेका थिए भने राजमति सुवालले कार्यक्रम सञ्चालन गरेको बाराही साकोसका व्यवस्थापक शिवजी हाकुदुवालले जानकारी दिनु भयो ।