प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थीहरुको विरोध जुलुस र सभा
भक्तपुर, मंसिर ८ गते
प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थी हित समिति भक्तपुरले आज भक्तपुरमा विरोध जुलुस तथा सभा आयोजना गरेको छ । भक्तपुर नगरको कमलविनायक र दरवार क्षेत्रबाट विभिन्न विद्यालयका हजारौ विद्यार्थीहरुको सहभागितामा सुरु भएको जुलुस टौमढीमा पुगेर सभामा परिणत गरेको थियो । सहभागि युवा विद्यार्थीहरुले प्यालेसटाइनमाथि इजरायली फासीवादको बर्बर हमला तथा नरसंहार विरुद्ध जुलुस र सभा आयोजना गरेका हुन् । सभामा बोल्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रकश गुरुङ्गले प्यालेस्टाइनी बालबालिकाले पढ्न, लेख्न समेत नसकिने गरी इजरायलले बर्बर आक्रमण गर्दा हजारौ विद्यार्थीहरुको मृत्यु र अंगभंग भएको बताउँदै त्यस्तो नरसंहार अन्त्य गर्न आग्रह गरे । इजरालय पढ्न गएका १० नेपाली विद्यार्थीहरुको समेत हत्या भएकोमा भत्र्सना गर्दै अध्यक्ष गुरुङ्गले नेपाली विद्यार्थीहरुले जुलुस र सभा आयोजना गरी प्यालेस्टाइनी माथि इजरालयकोे बर्बर आक्रमण विरुद्ध आवाज उठाएर संसारभर प्यालेस्टानिमाथि भएको अन्यायको विरुद्ध आवाज बुलन्द भएकोमा सहभागि विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














