राप्रपाका नेताहरुमाथि लागेको आरोपकोे खण्डन र आरोप पुष्टि गर्न दिए चुनौती

राप्रपाका नेताहरुमाथि लागेको आरोपकोे खण्डन र आरोप पुष्टि गर्न दिए चुनौती
भक्तपुर, मंसिर ५ गते
नगरकोटको ११३ रोपनी जग्गा हिनामिन गरेको आरोप लागेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति, भक्तपुरले आज पत्रकार सम्मेलन गरी आफ्ना नेताहरुको बचाउ गरेको छ । आफ्ना नेताहरुमाथि अनगरत प्रचार गरेको भन्दै त्यसको खण्डन गरेको हो । आरोप पुष्टि गर्नुस् नोकर बन्न तयार छु भन्दै राप्रपा केन्दीय सहमहामन्त्री रविन्द्र प्रताप शाहले भ्रम नफैलाउन आग्रह गरेका हुन । आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका नेता शाहले सो आरोप निराधार एवं कपोकल्पीत र भ्रामक भएको भन्दै नेता बस्नेतलाई ठोस आधार, प्रमाण पेश गर्न र पुष्टि गर्न चुनौति दिएका छन् । नेता बस्नेतले भक्तपुरमा आयोजित एक कार्यक्रम बीच राप्रपाका नेता स्व. सुरेन्द्र प्रताप शाह र उनका छोरा रविन्द्र प्रताप शाहले चा.न.पा. ६ नगरकोटको ११३ रोपनी जग्गा बेचविखन गरी अपचलन गरेको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको विरोधमा खण्डन गर्न आज पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
आफ्ना कर्तुत र अकर्यमण्डयताको विषयले अतालिएर आफ्नो राजनीतिक संयमता नै गुमाएर नेता बस्नेतले मंसिर ३ गते राप्रपाका नेता स्व. सुरेन्द्रप्रताप शाह र राप्रपाका केन्द्रिय सह महामन्त्री रविन्द्र प्रताप शाहका विषयमा त्यस्तो बोलेको भन्दै राप्रपा भक्तपुरका नेता रामेश्वर थापाले त्यस्तो भ्रामक कुरा नस्याइए प्रतिबाद गर्ने चुनौती दिए । चरित्र हत्या गर्ने उदेश्यले अभिव्यक्ति दिने व्यक्तिप्रति नेपाल सरकारले आवश्यक कार्वाही अगाडी बढाउनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत कार्वाहीको लागि अनुरोध गर्दै एक विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ बस्नेतले आफ्ना अभिव्यक्तिमा सुधार नगरि भविष्यमा पनि यि र यस्ता खाले बक्तव्यलाई निरन्तरता दिएमा भक्तपुर राप्रपा चुप नबस्ने समेत जानकारी गराउँदछौं ।