बजारमा अक्सिजन अभाव भएपनि ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सहज वितरण
भक्तपुर, भाद्र १० गते
बजारमा अक्सिजनको अभाव भएपनि ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सहजै अक्सिजन पाइरहेको कटुजेका सुद्धबहादुरले जनाएको छ । भक्तपुरको सल्लाघारी र ठिमीसम्म अक्सिजनको लागि धाउँदा पनि पर्याप्त अक्सिजन नपाएपछि ट्याक्सि चढेर बिहिबार ख्वप अस्पतालमा अक्सिजन लिन आएका थिए । सुद्धबहादुरको भनाई अनुसार बजारमा अक्सिजन सर्टेज भएपनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अक्सिजन प्लान्टमा अक्सिजनको माग बढेको देखिएको छैन् । हाल दैनिक १५ वटा साना तथा ठूलो अक्सिजन सिलिण्डरको मात्र माग भइरहेको अक्जिन प्लान्टका अपरेटरले जनाए ।
२४ घण्टामा १ सय २० वटा सिलिण्डर भर्न सक्ने क्षमता भएको सो प्लान्टले नगरवासीको लागि सिलिण्डरको डिपोजिट १० हजार बाहेक अक्सिजन निःशुल्क वितरण गरिरहेको छ भने नगरबाहिरका समुदायको लागि ४७ केसी अक्सिजनको लागि मात्र १ सय ५० र १० देखि २० केजिसम्मका लागि रु ५० मा वितरण भइरहेको अक्सिजन प्लान्टमा कार्यरत लक्ष्मिसुन्दर पछिले जनाए । यसरी सुविधाको अक्सिजन लिन वडा कार्यालयको सिफारिस चाहिने भए पनि एउटै सिफारिसबाट १० पटकसम्म सिलिण्डर भर्न सकिने पनि उहाँले बताए । अक्सिजनको माग अनुसार प्लान्टको सञ्चालन प्रवर्धन भईरहेको उल्लेख गर्दै सो माग पूरा गर्न अहिले दैनिक ३ घण्टा मात्र सञ्चालन गरे पुग्ने देखिएकोे र आवश्यकता र माग अनुसार अक्सिजन उत्पादन बढाउन सकिने बताए ।
अहिले पूर्ण क्षमतामा सञ्चालन गर्नु परेको छैन उहाँले बताए यद्यपी बजारमा अक्सिजनको अभाव भएको भन्दै कटुञ्जेका सुद्धबहादुरले बजारमा अक्सिजन नपाएर ख्वप अस्पताल आएको बताए । उहाँले ख्वप अस्पतालको अक्सिजन प्लान्टमा १० हजार डिपोजिट राखेर १५० रुपियाँमा अक्सिजन पाएको तर बजारमा १८ हजार खर्चेर पनि चाहिएको बेला अक्सिजन नपाएको गुनासो गरे । उहाँले भने अहिले फेरी बजारमा अक्सिजन सर्तेज हुन थाल्यो । सहुलियत दरमा ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट सजिलै अक्सिजन पाउन सकेकाले उनका दमरोगी आमाको लागि २४ सैं घण्टा अक्सिजन उपलब्ध गराउन सकेको बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













