पत्रकार महर्जनलाई कदम पुरस्कार

पत्रकार महर्जनलाई कदम पुरस्कार
भक्तपुर, बैशाख २२ गते
सगरमाथाको दुबै मोहोडाबाट सफल आरोहण गर्ने विश्वको पहिलो महिला पत्रकारको किर्तिमान बनाउन सफल पत्रकार कल्पना महर्जनलाई आज जोशी रिसर्च इन्स्टिच्यूटले कदम पुरस्कार २०७८बाट पुरस्कृत गरेको छ । ललितपुरमा आज आयोजित एक समारोह बीच महर्जनलाई सो पुरस्कार वितरण गरिएको जोशी रिसर्च इन्ष्टिच्यूटका हरिराम जोशीले जनाएको छ। विगत ४ दशक देखि नेपालको इतिहास, संस्कृति एवं पुरातत्वका विषयमा अध्ययन अनुसन्धान गरी प्रकाशन समेत गरि आएको जोशी रिसर्च इन्ष्टिच्यूट लगनखेलले सो इन्ष्टिच्युटका प्रोप्राइटर केशरी जोशीको स्मृतिमा कदम पुरस्कार स्थापना गरेको थियो । यस वर्षको सो पुरस्कार पत्रकारिताका साथ साथै शिक्षाको माध्यमले बाल विवाह रोकथाम २०१९ को अभियानलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गर्दै सगरमाथाको दुबै मोहोडाबाट विश्वमै पहिलोपटक सफल आरोहण गर्न सफल भएकी पत्रकार कल्पना महर्जनलाई पुरस्कृत गरेको हो ।