श्वेत भैरव साकोसको १५ औं वार्षिक साधारण सभा
भक्तपुर, असोज ८ गते
लोभ र अनियमितताले दन्ड जरिवानाको भागिदार मात्र नभई उनको पटनको कारण समेत हुने भएकाले जिम्मेबार नागरिकको भूमिकामा रहन नगरवासीलाई भक्तपुर नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिले आज भक्तपुर नगरको ब्रम्हायणी पीठमा आयोजित श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन मन्तव्य ब्यक्त गर्दै नगरप्रमुख प्रजापतिले नगरको सांस्कृतिक, शैक्षिकस्तर उकास्नकालागि लागि पर्दा पर्दै कतिपय मानिसहरुले नगरमा जथाभावि फोहर फाल्ने कार्यमा सक्रिय भएपछि तिनीहरुलाई धमाधम दण्ड जरिवाना गर्न थालेको बताउनु भयो । गल्तिगर्ने अनि दण्ड जरिवाना तिर्न आनाकानी गर्नेलाई छुट दिन नसकिने उल्लेख गर्दै गुठीमा गयल भएपछि ठोरै पैसा मात्रै जरिवाना गर्नुको अर्थ बुझ्न आग्रह गर्नु भयो । असल मानिसले गल्ति नगर्ने र जरिवाना पनि तिर्दैन भन्दै उहांले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षणमा देशकै उत्कृष्ठ र नमूना नगरको रुपमा विकास भइरहेको उल्लेख गर्दै बागमति प्रदेशकै उत्कृष्ठ विपद् ब्यवस्थापन गर्न सफल नगरपालिकाको रुपमा यस वर्ष पुरस्कृत समेत भएको स्मरण गर्नु भयो ।
भक्तपुर नगरपालिकाले ७वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको, सय शैयाको ख्वप अस्पताल निर्माण गर्दै आएको, विदेशीको भर नपरि आफ्नै खुट्टामा उभेर सम्पदा संरक्षण गर्दै आएको कुरा अरुकोलागि प्रेरणाको श्रोत भएको बताउँदै नगर प्रमुख प्रजापतिले संस्थाका उत्कृष्ठ बचत कर्ता, ऋणी तथा एसईई २०७८का विद्यार्थीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र वितरण गर्नु भयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलिको सभापतित्वमा भएको सो कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भनपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजू, पूर्व वडाध्यक्ष महेन्द्र खायमलि, संस्थाकापूर्व अध्यक्ष एवं भक्तपुर ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौंवा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका श्री त्यातले पनि सो अवसरमामन्तब्य ब्यक्त गर्नु भएको थियो।
श्वेतभैरव साकोसले आफ्नो वार्षिक साधारण सभाको उद्घाटन शत्रपश्चात नयाँ नेतृत्व चयनकालागि अधिवेशन आयोजना गरिरहेको छ।














