भक्तपुरका थप ९८ जनामा कोरोना पोजेटिभ

भक्तपुरका थप ९८ जनामा कोरोना पोजेटिभ
भक्तपुर, मंसिर १० गते
भक्तपुर जिल्लामा थप ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज थपिएका ९८ जना संक्रमितहरु मध्ये सूर्यविनायक नगरपालिकाका २३ पुरुष र १५ महिला गरी ३८ जना, मध्यपुर थिमीका २० पुरुष र २२ महिला गरी ४२ जना, भक्तपुर नगरपालिकाका ६ पुरुष र ५ महिला गरी ११ जना तथा चाँगुनारायण नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना र सम्र्पक सम्पर्क विहिन एक एक महिला तथा पुरुष गरी २ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जनाएको छ ।