भक्तपुर नगरमा मात्र ५०० भन्दा बढी ठेला गाडा, जफत गर्नेक्रम जारी

भक्तपुर नगरमा मात्र ५०० भन्दा बढी ठेला गाडा, जफत गर्नेक्रम जारी
भक्तपुर, श्रावण २५ गते
भक्तपुर नगरमा ५०० भन्दा बढी ठेला गाडामा पसल सञ्चालन गर्ने संख्या रहेको पाइएको छ । छिटफुट रुपमा ठेला गाडा सञ्चालक रहेको यस नगरमा काठमाण्डौ लगायत विभिन्न नगरपालिकाहरुले आफ्नो नगर क्षेत्रमा ठेला पसल बन्देज लगाएपछि मूलुककै सानो नगर भक्तपुरमा ठेला पसल सञ्चालन गर्नेको संख्या ह्वातै बढेको वडा निरिक्षकहरुको भनाई छ ।
स्थानीय नगरवासी भन्दा देशका विभिन्न क्षेत्रबाट रोजिरोतीका लागि ठेला पसल सञ्चालन गर्दै आएकाहरुलाई स्थानीय वडा निरिक्षकहरुले अब्यवयिस्थत रुपमा सर्व साधारण आवतजावत गर्न नमिल्ने गरी तथा सडक दुर्घटना हुने गरी नराख्न आग्रह गर्दै आएको र पटक पटक हटाउन मौखिक रुपमा जानकारी दिएको, फोहर उठाउने गाडी तथा विभिन्न सञ्चार माध्यमबाट समेत सूचनामार्फत जानकारी गराउँदा पनि अटेर गरी राखिएका ठेलाहरुलाई भने धमाधम हटाउन जफत गर्न थालेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।


श्रावण २१ गतेबाट यो अभियानकैक्रममा सञ्चालन गर्ने नगरपालिकाको निर्णय भएपनि थप २ दिन समय दिएर श्रावण २३ गते देखि २७ गतेसम्म नगरका विभिन्न ठाउँमा पुगेर ठेला हटाउन थालेको उहाँले बताए । यो अभियान श्रावण २७ गतेसम्म मात्र होइन यसलाई निरन्तरता दिएर सांस्कृतिक नगरमा आउने आन्तिरिक तथा बाह्य पर्यटकलाई र स्थानीय जनजीवनलाई असर नपर्ने गरी नगरको शौदयतालाई ख्याल राख्दै फुटपाठ व्यवस्थापनमा जुतेको उहाँले बताए ।
यसक्रममा श्रावण २३ गते १५ वटा ठेला जफत गरेको थियो भने श्रावण २४ गतेमा २५ वटा र केही साईकल व्यवसायीलाई नियन्त्रणमा लिएको थियो । आज श्रावण २५ गते १९ वटा ठेला नियन्त्रणमा लिनुकासाथै एक साईकल पसलेलाई पनि नियन्त्रणमा लिएको बताए । नगरलाई व्यवस्थित बनाउन यो अभियानले निरन्तरात पाउने भन्दै उहाँले अब केही दिन पश्चात फुटपाठका अन्य ब्यवसायी तथा पसल बाहिर पेटीसमेत ओगटेर व्यवसाय गर्नेहरुलाई व्यवस्थित गर्ने अभियान चलाउने तयारी भएको उहाँले बताएका छन् ।