भक्तपुर, फागुन २३गते
दीगो अशो कल्याणकारी परियोजनाले भक्तपुरका घोडा खचर पालकलाई पुरस्कृत गरेको छ । भक्तपुर जिल्लाभरका १५ वटा इटा भट्टामा परिचालन गरीएका घोडा खचरहरुको अध्ययन गरी उत्कृठ भएका घोडा खचर पालकहरुलाई बिहिवार पुरस्कृत गरेका हो । घोडा खचर पालन गर्ने न्यूनतम मापदण्ड पूरा गरेका पालकहरुलाई पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले पुरस्कार वितरण गरेका हुन ।

यसरी उतकृष्ठ घोडा खचर पालक बन्न सफल भएका पालकहरुलाई ताथली भक्तपुर स्थित ब्रम्हायणी महाबीर इटा भट्टा प्रांगणमा आयोजित एक कार्यक्रम बीच पुरस्कृत गरेको पशु कल्याण सहजकर्ता केशर राईभाटले बताउनु भयो । उत्कृष्ट पालकहरुलाई घोडा खर्चलाई पानी खुवाई पाल्टी, सन्तुलीत दानाको लागि मैक, घानको धुतो र जौ पुरस्कार प्रदान गरेको थियो । यसपालिको पुरस्कार बितरणमा १४ जना घोडा तथा खचर पालकहरु पुरस्कृत गर्दै घोडा तथा खचरहरुलाई काममा लगाउँदा मानविय व्यवहार गर्न, दैनिक आठ घण्टा भन्दा बढी काममा नलगाउन, आरामको व्यवस्था गर्न, घाइटे वा रोगी बनाइ नराख्न तथा पर्याप्त आधारा दिने कार्यमा पालकहरुले ध्यान दिलाउन एवं सचेतिकरणका लागि यो पुरस्कार वितरण गरेको रानाभाटले बताउनु भयो । पशचिकित्सक उमेश शर्मा र मुकेश चौधरीको सहभागितामा भएको सो पुरस्कार वितरण इटा उद्योगी,व्यबसायी विष्णुभक्त भैनात्वले बितरण गरेका थिए ।














