भक्तपुर । २०७७ वैशाख २९ गते, सोमबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमणबारे अनलाइन गोष्ठी (वेबिनार) सोमबार सम्पन्न भयो ।
अनलाइन गोष्ठीमा आफ्नो धारणा राख्नुहुँदै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको महामारी भइरहेको समयमा भारतका शासक वर्गले देखाएकोे विस्तारवादी चरित्रको भत्सर्ना गर्नुहुँदै नेपालको भूमि अतिक्रमणबारे परराष्ट्रमन्त्री बेखबर हुनु लज्जास्पद र निन्दनीय भएको बताउनुभयो ।
नेपालले कुटनीतिक पहलका साथै सप्रमाण अन्तर्राष्ट्रिय अदालतमा गएर नेपालको भूमि दाबी गर्न ढिलाई गर्न नहुने बताउनुहुँदै प्रमुख प्रजापतिले भारतीय विस्तारवादको हेपाहा र हस्तक्षेपकारी कदमको विरोधमा नेपाली जनताले निरन्तर सशक्त संघर्ष गर्दै जाने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो — ‘नेपाल सरकारले आफ्नो भूमि प्रमाणको आधारमा दाबी गर्नुपर्छ । नेपाल मजदुर किसान पार्टीले नेपाल भारत सीमा नियमित गर्नुपर्नेमा निरन्तर आवाज उठाउ“दै आएको छ भन्नुभयो ।’
अनलाइन गोष्ठीमा सीमाविद् रतन भण्डारीले ‘लिम्पियाधुरा सीमा अतिक्रमण ः नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथिको नांगो आक्रमण’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको ऐतिहासिक नक्सा नेपालसँग भएको बताउनुहुँदै सीमाविद् भण्डारीले नेपालको भूमि फिर्ता लिन उच्च राजनीतिक संयन्त्रमार्फत कुटनीतिक संवाद र वार्ता गर्न नेपाल सरकारले ढिलाइ गर्न नहुने विचार राख्नुभयो ।
अनलाइन गोष्ठीको सञ्चालन ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गर्नुभएको थियो ।
Featured Posts – Style 1
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...














