एसईई २०७९को परीक्षाफल शुक्रबारभित्र आउने

एसईई २०७९को परीक्षाफल शुक्रबारभित्र आउने
भक्तपुर, असार १९ गते
एसईई परीक्षा २०७९को परीक्षा फल दिने अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका सूचना अधिकारी देवी पराजुलीले भने परीक्षाफल दिने अन्तिम तयारी पूरा गरि सकेका छौं । एक डेरसय परीक्षार्थीहरुको अंग जोड र केही विद्यार्थीहरुको सिम्बोलन नम्वरहरु दुविधायुक्त रहेकाले तिनीहरुको रुजु हुने बितिक्कै एसईई परीक्षा २०७९को परीक्षा फल प्रकाशित हुने छ ।

परीक्षा नियन्त्रण कार्यालयको नियमित शैक्षिक कार्यतालिका अनुसार नै असारको तेस्रो हप्ता प्रकाशित गर्ने कार्यक्रम अनुसार यसै हप्ताको शुक्रबारभित्र परीक्षा फल प्रकाशित गर्ने तयारी भएको सूचना अधिकारी परजुलीले जनाएका हुन । यस वर्ष धिला भएको होइन, कार्यतालिका अनुसार परीक्षा फल दिन परीक्षा नियन्त्रण कार्यालयले तयारी पूरा गरेको छ उहाँले जनसञ्चार खवरलाई जानकारी दिनु भयो । परीक्षाफल दिने सम्पूर्ण तयारी पूरा गर्दा गर्दै पनि कहि कतै त्रुटी हुन सक्ने भएकाले त्यस्तो गुनासोको सुनुवाईकालागि पनि परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको भन्दै उहाँले आगामी शुक्रबारसम्म परीक्षा फलकालागि पर्खिन सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षा सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ ।

यसभन्दा कम अङ्क ल्याउनेको प्रमाणपत्रमा नै एन जी अर्थात् ‘नन् ग्रेडेड’ लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षराङ्कन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ ।