बुधबारको पानीले भक्तपुरका ईट्टा उद्योगमा १० करोड नोक्सान
भक्तपुर, पुस १५ गते
बुधबार एक दिन परेको वर्षाले भक्तपुर जिल्लामा सञ्चालित ईट्टा भट्टाको रु.१० करोड बराबरको नक्सोन गरेको छ । खुल्ला आकासमुनि सञ्चालित यी ईटा उद्योगका काँचो इट्टा वर्षाले बिगारेपछि सो परिणाममा नोक्सानी भएको भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौंबाले जनाएको छ । गत वर्ष कोरोनाका कारण स्थगित रहेको भक्तपुरका ईट्टा उद्योग गत पुस १ गतेबाट मात्रै सञ्चालनमा आएको थियो । पुस १ गतेबाट यस वर्षका लागि ईट्टा पोल्ने कार्य सुरु भएको भन्दै संघका अध्यक्ष ह्यौंवाले स्वास्थ्य मापदण्ड परिपालन हुने गरी ईट्टा उद्योग सञ्चालन गर्न थालेको तर मौसममा आएको परिवर्तनले थप चुनौति दिएको मंगलबार साँझ मात्रै जनसञ्चार टेलिभिजनलाई अन्तरर्वार्ता दिदै बताएका थिए । उहाँले बुधबार एक दिन परेको वर्षाले जिल्लामा सञ्चालित ६२ वटा ईट्टा उद्योगहरुबाट रु. ८ देखि १० करोड बराबरको नोक्सानी ब्यहोर्नु परेको बताए । हरेक वर्ष यसरी नै पर्ने पानीले ईट्टा उद्योगमा करोडौको नोक्सानी भइरहेको छ । कतिपय उद्यमीले टनेल बनाएर सुकि सकेको ईटट बचाएको भएपनि अधिकांस व्यवसायीले खुल्ला आकाशमुनि काम गर्न बाध्य रहेकाले यसरी नोक्सानी व्यहोर्न बाध्य रहेको उहाँले बताए ।
ईट्टा पार्ने खलंमा रहेको ईटा बिग्रे मजदुरकै नोक्सानी हुने, चांग लगाइसकेको ईट्टा नोक्सान भएमा आधिआधि नोक्सानी ब्यहोर्ने र भट्टाले संकलन गरी सकेको ईट्टा बिग्रेमा व्यवसायी आफैले नोक्सानी ब्यहोर्न नियम रहेको अध्यक्ष ह्यौंबाले बताए । यस हिसाबले यो वर्षले भएको क्षति ईट्टा पार्ने मजदुर र ब्यवसायी दुबैको रहेको छ । यद्यपी ईट्टा भट्टा सञ्चालन सुरु गर्न धमाधम ईट्टा पार्दै रहेको बेला परेको वर्षाले खलंमा रहेको ईट्टाहरु बढी नोक्सानीमा परेको देखिन्छ । खलंमा रहेको लाखौ ईट्टाहरु चांग लगाएको भएपनि प्लास्टिकले छोप्न नभ्याएका चांगमा रहेको ईट्टा समेत ब्रिग्रेको छ भने यो अवधिमा घाम नलाग्दा मजदुरले काम गर्न समेत पाएको छैन । यद्यपी बिहिबार देखि क्रमिकरुपमा मौसम सुधार हुँदै जाने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौंसमविद् मञ्जु बासीले बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













