श्रमिक साकोसद्वारा ज्येष्ठ सदस्य तथा शुभेच्छुक भेटघाट

श्रमिक साकोसद्वारा ज्येष्ठ सदस्य तथा शुभेच्छुक भेटघाट
भक्तपुर, बैशाख ९ गते
श्रमिक साकोस जगाती भक्तपुरले शुक्रबार ज्येष्ठ सदस्य तथा शुभेच्छुक भेटघाट कार्यक्रम आयोजना गरेको छ । नेपाल क्रान्तिकारी किसान संघका केद्रीय उपाध्यक्ष तथा भक्तपुर जिल्लाका अध्यक्ष गोविन्द दुवालको प्रमुख आतिथ्यतामा आयोजित सो क्रार्यक्रममा ६० वर्ष देखिका ज्येष्ठ सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सिद्धि गणेश साकोसको तालिम हल ख्वरेमा भएको सो भेटघाटमा बोल्नु हुँदै प्रमुख अतिथी दुवालले पैसाको लोभमा जसरी राजनैतिक दुषित बनाएको छ त्यसरी नै सहकारीमा पनि सेवालाई भन्दा पनि नाफालाई मात्र ध्यान दिएकोले समस्या आएको कुरा बताउनु भयो । किसानहरुको हकहितमा हिजो नलडेको भए आजको यो सुख हामी किसानका सन्तानहरुले पाउन नसक्ने र अरु क्षेत्रमा अझै पाउन नसकेको भन्दै अध्यक्ष दुवालले इतिहासका घटनाहरु नयाँ पुस्तामा बताउदै जानुपर्ने कुरामा जोड दिनु भयो । जेष्ठ सदस्यहरुले सकारात्मक सोच राख्नु मात्र पनि औषधीको काम गर्ने, परिवारमा छोरी बुहारीमा सम्मान ब्यवहार राख्नुपर्ने बताउनु भयो ।