नेमकिपा अध्यक्ष विजुक्छेसँग राष्ट्रपति भण्डारीको भेट

नेमकिपा अध्यक्ष विजुक्छेसँग राष्ट्रपति भण्डारीको भेट
भक्तपुर, माघ ७ गते
ऐतिहासिक चाँगुनारायण मन्दिरको दर्शन गर्न भक्तपुर आउनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेसँग भेट गर्नु भएको छ । आज साँझ भएको भेटमा अध्यक्ष विजुक्छेसँग देशको पछिल्लो राजनैतिक विषयमा छलफल गरेका हुन । नागरिकता विद्येयकको विरुद्धमा नेमकिपाको अदानलाई समर्थन गरी विद्येयकमा हस्ताक्षर नगरेकाकारण राष्ट्रपति भण्डारी र अध्यक्ष विजुक्छेको भेटलाई विशेषरुपमा लिएको छ।