त्रिशुलीमा विहानैदेखि हराइरहेका बसको खोजी जारी ।।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य चलिरहेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले खोजी जारी राखेको र अहिलेसम्म बसको अवस्था पत्ता लगाउन नसकेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले सीआइएनलाई जानकारी दिनुभयो । बिहानभन्दा अहिलेले पानी केही घटेको भएपनि धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ भएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीका ३ वटा र नेपाली सेनाको एउटा डुङ्गामार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी गरिरहेको छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो । दुवै बसका गरी ६२ यात्रु रहेको र उनीहरुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














