क्षयरोग फेरी जनस्वास्थ्यकालागि चुनौती !

क्षयरोग फेरी जनस्वास्थ्यकालागि चुनौती !
भक्तपुर, चैत्र १३ गते
भक्तपुर जिल्लामा ८ सय भन्दा बढी क्षयरोगी रहेको सरकारी आकंलन छ । यद्यपी ४ सय संक्रमितको पहिचान गर्न सकेको छैन त्यसैले जिल्लामा क्षयरोग निवारणका लागि प्रदेश सरकार, केन्द्रीय सरकार एवं विश्व स्वास्थ्य संगठनको क्षयरोग निवारण अभियानलाई आत्म साथ गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । क्षयरोगबाट कसैको पनि मृत्यु नहोस भनेर खकार परिक्षण गर्दै बालबालिकालाई खोप अभियान सञ्चालन गर्दै आएको भए पनि ब्यापक जनचेतनाको अभावले संक्रमित क्षयरोगीहरुको पहिचान र उपचारको पहुँचमा पुर्याउन नसकेको मात्र होइन, संक्रमिण पुष्टि भएका विरामीहरुले अनुशासित रुपमा औषधी सेवन नगरिदिदा एवं बीचमै औषधी उपचार छोडिदिएका कारणले पनि डिआर र एस डिआर संक्रमितको संख्या बढ्दो रहेको अभियान्ताहरुको जिकिर छ । एसडिआर भएपछि औषधी उपचार समेत गर्न नसक्ने र त्यस्तो संक्रमित बढ्ेमा क्षयरोग निवारण अभियान प्रभावित हुने भएकाले ब्यापक जनचेतना अभियान सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिदै यस वर्षको विश्व क्षयरोग निर्वारण दिवस विभिन्न कार्यक्रमहरुका साथ मनाइरहेको छ ।
हिजो खोकी लागेमा, डुब्लाउँदै गएमा क्षयरोग लागेको पो लागेको हो कि भन्दै समुदायलाई सचेतिकरण गर्दै आएका अभियान्ताहरुले अव खोकी न सोकी क्षयरोग पो हो की ?भनेर क्षयरोग निवारण अभियानलाई प्रभावकारी बनाउने योजना बनाउँदै छन् ।
बढी स्वासप्रश्वासमार्फत सर्ने क्षयरोग मानिसको नङ र कपाल बाहेक शरीरका हरेक अंगमा सर्न सकिने भए पनि बढी फोक्सोमा लाग्ने र यसबाट क्षति पनि बढी हुने भएकाले क्षयरोग निर्वारणका गतिविधीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै पहिलो चरणमा भक्तपुर जिल्लाको चाँगुनारायण नगपालिकालाई क्षयरोगमुक्त नगर घोषणा अभियान सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार जिल्लामा बढी भक्तपुर नगरमा क्षयरोगी पत्ता लगाएर उपचारको पहुँच दिए पनि समग्रमा जिल्ला भरी पर्याप्त संक्रमतिको पहिचान हुन नसकेकाले समुदायस्तरमा क्षयरोग बारे ब्यापक सचेतना दिनुपर्नेमा जोड दिनुपर्ने छ । जनस्वास्थ्य मापदण्ड अनुसार जिल्लामा ८ सय भन्दा बढी संक्रमित छन् । ति संक्रमितहरुको पहिचान हुन नसक्दा यस वर्ष संक्रमितको संख्या एक हजार नाध्न सक्ने अनुमान उहाँको छ । सामान्यतया मानिसको शरीरमा ४५ प्रतिशत क्षयरोगका किटाणुहरु हुन्छन् । कुपोसित एवं कमजोर शरीरमा क्षयरोग त्यतिकै पनि लाग्न सक्छ अभियान्ताहरुको भनाई छ ।


घन्नाबस्ती भएका क्षेत्रमा बढी संक्रमित हुने तथा प्रति एक लाख जनसंख्यामा २४५ जना संक्रमति भएको सरकारी पूर्वानुमान अनुसार क्षयरोगीहरुको खोजी कार्य देशव्यापी रुपमा विभिन्न अभियान अन्तर्गत हुँदै आएको छ । यसैक्रममा बागमति प्रदेश सरकार अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकालाई जिल्लाकै पहिलो क्षयरोग मुक्त नगर घोषणाकालागि विभिन्न चरणमा अभियान सञ्चालन गर्दै आएको चाँगुनारायण नगरपालिका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख सत्यकुमार दुवाल बताउँछन् । संक्रमितहरु धमि झांक्रिमा लाग्छन् तर डाक्टरी उपचारमा लाग्दैनन्, तिनीहरुलाई धेरै सम्झाउनुपर्ने अवस्था छ, प्रमुख दुवालले सुनाए । नगरलाई क्षयरोग मुक्त बनाउने अभियानकालागि बागमती प्रदेशले जिल्लामा चाँगुनारायण नगरपालिकालाई रोजेकाले त्यसको मापदण्ड अनुसार नगरस्तरीय समिति गठनका लागि आईतबार जनप्रतिनिधीहरु समक्ष अभिमुखिकरण समेत आयोजना गरी सो अभियानको विस्तृत जानकारी गराएको बागमीत प्रदेशका क्षयकुस्त अधिकृत जितेन्द्रकुमार कर्णले बताए । अभियान अन्तर्गत नगर, वडा, समुदायस्तरमा विभिन्न गतिविधि र अध्ययन गर्दा सहभागि अभियान्ताले चानपा ४को खोरिया र पौवा एवं दुवाकोटको सुकुमवासी बस्तीमा लुकेर रहेका क्षयरोगीहरु बढी रहेको जिकिर गरे । कतिपय स्वास्थ्यकर्मीहरुले समेत रोग लुकाउने गरेको आरोप लगाउँदैै सहभागि क्षयरोग निवारण अभियान्ताहरुले संक्रमतिहरु लुकिछिपि औषधी सेवन गर्दै आएको पनि पाइएकोले तथ्यांक एकिन हुन नसकेको बताउँछन् । सरकारले डट्समार्फत समुदायस्तरमै चिकित्सकको प्रत्यक्ष निगरानीमा निःशुल्क औषधी वितरण एवं सेवन गराउने देखि पोषण भट्टाको ब्यवस्था गरेको भए पनि विरामीहरु खुलेर आउन नचाहेको देखिएको अभियान्ताहरुको अनुभव छ । वरु पैसा तिरेर निजी अस्पताल जान्छन् । क्लिनिकबाट औषधी खान्छन् । तिनीहरुले पूरा औषधी सेवन गर्यो या गरेन, तथ्यांक नहुने तथा औषधी खाएको केही दिनमै संक्रमतिहरु स्वस्थ्य हुन थालेपछि औषधी सेवन गर्न छोड्ने गरेकाले डिआर क्षयरोगीको संख्या बढेको उनीहरुको जिकिर हो ।
क्षयरोग बारेको अभिमुखिकरण पश्चात नगर प्रमुख जीवन खत्रीले क्षयरोग निवारण अभियानकालागि आवश्यक श्रोतको कमि हुन नदिनेमा प्रतिबधता ब्यक्त गर्दै चरणबद्ध रुपमा यो अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नीतिगत व्यवस्था समेत गर्दै अभियानलाई सार्थकता दिने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुबेदीले क्षयरोग निवारण सबैको साझा एजेण्डा हुनुपर्नेमा जोड दिदै राजैतिक दलहरुले पनि यसमा एक्यबद्धता जनाएर समुदायस्तरमा सचेतना दिन सके अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चनपा ९का वडाध्यक्ष गणेश त्यात, दुवाकोटका वडाध्यक्ष सोम प्रधान सहित चानपाका जनप्रतिनिधीहरु र अभियान्ता कर्मचारीहरुको सहभागिता थियो भने चानपा स्वास्थ्य शाखा क्षयरोग निवारण अभियानकी गजल श्रेष्ठले सो अभियान बारे अहिलेसम्मका गतिविधि र योजनाहरु बारे जानकारी दिएका थिए । सो नगरपालिकामा हाल १४५ क्षयारेगी पुष्टि भएका मध्ये ३८ जनाले मात्रै नियमित औषधी सेवन गरी रहेको चानपा स्वास्थ्य कार्यालयको तथ्यांग छ । चनपाले २०८२।८३ सम्ममा नगरपालिकालाई क्षयरोग मुक्त नगर घोषणा गर्ने योजना बनाएको छ ।