मानव अधिकार उल्लङ्घनका घटनामा सङ्लग्नलाई कारवाही गर्न मानवअधिकार आयोगको आग्रह ।
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनामा सङ्लग्नलाई कारवाही गर्न अनुरोध गरेको छ । सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको सत्यतथ्य अभिलेख गर्ने र गम्भीरमानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कारवाही तथा पीडितलाई परिपूरणका विस्तृत कार्यक्रमहरु सम्पन्न गर्न बाँकी रहेको जनाएको छ । यो कार्य पूर्ण हुन सकेमा मात्र पीडितले न्यायको अनुभूति गर्ने र देशमा दण्डहीनताको स्थिति न्यून हुन सक्ने भन्दै आयोगले यसतर्फ सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा आज विज्ञप्ति जारी गर्दै आयोगले द्वन्द्वकालका पीडितहरुले न्याय पाउनु पर्छ भन्नेमा आफू दृढ रहेको जनाएको छ । आयोगले विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुसँग सम्बन्धित कानुन मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गर्न पनि जोड दिएको छ ।
Featured Posts – Style 1
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...













