सामुदायिक अभियान परामर्श सम्मेलनको १० बुँदे धादिङ घोषणापत्र जारी

रेडियो धादिङद्वारा आयोजित सामुदायिक प्रसारणका लागि सामुदायिक अभियान परामर्श सम्मेलनले १० बुँदे धादिङ घोषणापत्र जारी गरेको छ ।  गल्छी गाउँपालिकामा मंगलबारदेखि सुरु भएको सम्मेलनको आज समापनको क्रममा देशभरका सामुदायिक रेडियोका सञ्चालकहरु, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकको संरक्षण र सम्बद्र्घनमा सक्रिय हुँदै समाजको बहुलता र विविधताको पक्षमा वकालत गर्न प्रतिबद्घ हुदै सामुदायिक प्रसारणले वर्तमान समयमा सामना गर्नुपरेका चुनौती एवं प्राप्त अवसरहरुलाई उपयोग गर्नका लागि धादिङ घोषणापत्र जारी गरेको हो ।

समुदायको सकारात्मक सामाजिक रुपान्तरणका साथै समाजमा विद्यमान विकृति, विसंगती कुरीति, कुसंस्कारसँगै जातीय लैंगिक र धार्मिक विभेदको अन्त्यका लागि कार्यक्रम उत्पादन तथा प्रसारण मार्फत समतामूलक समाज निर्माणमा सक्रिय रहने प्रतिबद्घता व्यक्त, नेपालमा सामुदायिक प्रसारणको २५ बर्षमा प्राप्त भएका उपलब्धी, सामना गरिएका चुनौति र कठिनाइको स्मरण गर्दै प्रविधिको विकासले उजागर गरेका सम्भावनाहरुलाई उपयोग गरी समुदायको रुचि र सरोकार पहिचान गरी सहि र तथ्यपरक सूचना प्रसारण गरिने घोषणा पत्रमा भनिएको छ ।

यस्तै सामुदायिक रेडियोमा महिलाको अपनत्व बढाउन र महिलाका सवाल एवं विषयबस्तुलाई उच्चमहत्व दिई रेडियो कार्यक्रम उत्पादन एवं प्रसारणमा महिलाको जीवन, स्वतन्त्रता, न्याय र आत्मसम्मान अभिबृद्घिका सामग्री उत्पादन र प्रसारणमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्घता जाहेर गरेको छ ।रेडियो सामग्री उत्पादन र प्रसारणमा आदिवासी जनजातीको भाषा, कला, संस्कृति, परम्परा ज्ञानसीप र रहनसहनको सम्बद्र्घनका विषयबस्तुलाई समुचित स्थानदिने र आदिवासी जनजाती समुदायका प्रसारकहरुको क्षमता अभिबृद्घि गराउने, र समाजमा विद्यमान बालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछुत, बोक्सी, सामाजिक विभेद र कूरीतिको अन्त्यका लागि अझ व्यापक साझेदारी र सहकार्य सहित निरन्तर क्रियाशिल रहने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी विश्वव्यापी रुपमा स्थापित सामुदायिक प्रसारणका मूल्य मान्यताहरु प्रतिप्रतिबद्घ रहँदै सामुदायिक प्रसारण आवाज विहिनहरुको आवाजको रुपमा स्थापित गराउने, सामुदायिक रेडियोहरुको दीगोपनाको निम्ति संस्थागत पुनरसंरचना, पुनरनिर्माण र पुनरजागरण मार्फत समुदायको स्वामित्व, नेतृत्वमा सक्रियता लगाएतका विषयहरु घोषणा पत्रमा उल्लेख गरिएको छ ।

साथै समुदायमा सामुदायिक प्रसारण महत्वपूर्ण रहेकाले यसको दीगोपना र सवलिकरणमा स्थानिय, प्रदेश र संघिय सरकारको ध्यानकर्षण गर्दै समुदायमा अत्यावश्यक सूचना र शिक्षा पु¥याउन सामुदायिक रेडियोसँग सहकार्यको वातावरण निर्माणको लागि सरकारलाई आग्रह समेत गरेको छ ।

यसैगरी सम्मेलनको अवसरमा धादिङका सामुदायिक वन संरक्षक भुमिरमण नेपाललाई सम्मान समेत गरिएको थियो ।

यस्तो छ, धादिङ, गल्छीघोषणा– पत्र :

                      धादिङ, गल्छीघोषणा– पत्र २०७९
बागमती प्रदेश अन्तरगत धादिङ जिल्लाको गल्छी गाउँपालिकामा २०७९ फाल्गुण २३ र २४ गते रेडियो धादिङद्वारा आयोजित सामुदायिक प्रसारणका लागि सामुदायिक अभियान– परामर्श सम्मेलनमा सहभागी हामी देशभरका सामुदायिक रेडियोका सञ्चालकहरु, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण र सम्बद्र्घनमा सक्रिय हुँदै समाजको बहुलता र विविधताको पक्षमा वकालत गर्न प्रतिबद्घ हुदै सामुदायिक प्रसारणले वर्तमान समयमा सामना गर्नुपरेका चुनौती एवं प्राप्त अवसरहरुलाई उपयोग गर्नका लागि निम्न अनुसारको धादिङ घोषणापत्र जारी गर्दछौ ।

१.   समुदायको सकारात्मक सामाजिक रुपान्तरणका साथै समाजमा विद्यमान विकृति, विसंगती कुरीति, कुसंस्कारसँगै जातीय लैंगिक र धार्मिक विभेदको अन्त्यका लागि कार्यक्रम उत्पादन तथा प्रसारण मार्फत समतामूलक समाज निर्माणमा सक्रिय रहने प्रतिबद्घता व्यक्त गर्दछौ ।
२.   नेपालमा सामुदायिक प्रसारणको २५ बर्षमा प्राप्त भएका उपलब्धी, सामना गरिएका चुनौति र कठिनाइको स्मरण गर्दै प्रविधिको विकासले उजागर गरेका सम्भावनाहरुलाई उपयोग गरी समुदायको रुचि र सरोकार पहिचान गरी सहि र तथ्यपरक सूचना प्रसारणको प्रतिबद्घता व्यक्त गर्दछौ ।
३.   सामुदायिक रेडियोमा महिलाको अपनत्व बढाउन र महिलाका सवाल एवं विषयबस्तुलाई उच्चमहत्व दिई रेडियो कार्यक्रम उत्पादन एवं प्रसारणमा महिलाको जीवन, स्वतन्त्रता, न्याय र आत्मसम्मान अभिबृद्घिका सामग्री उत्पादन र प्रसारणमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्घता जाहेर गर्दछौ ।
४.    रेडियो सामग्री उत्पादन र प्रसारणमा आदिवासी जनजातीको भाषा, कला, संस्कृति, परम्परा ज्ञानसीप र रहनसहनको सम्बद्र्घनका विषयबस्तुलाई समुचित स्थानदिने र आदिवासी जनजाती समुदायका प्रसारकहरुको क्षमता अभिबृद्घिप्रति प्रतिबद्घता जाहेर गर्दछौ ।
५.    सामुदायिक प्रसारणमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित अल्पसंख्यकको स्वामित्व, सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्न इमान्दारीताका साथ सक्रिय रहँदै, सामुदायिक अभियान र आन्दोलनमा हामी एकाकार हुने प्रतिबद्घता व्यक्त गर्दछौ ।
६.   समाजमा विद्यमान बालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछुत, बोक्सी, सामाजिक विभेद र कूरीतिको अन्त्यका लागि अझ व्यापक साझेदारी र सहकार्य सहितनिरन्तर क्रियाशिल रहने प्रतिबद्घता व्यक्त गर्दछौ ।
७.   विश्वव्यापी रुपमा स्थापित सामुदायिक प्रसारणका मूल्य मान्यताहरु प्रतिप्रतिबद्घ रहँदै सामुदायिक प्रसारण आवाज विहिनहरुको आवाजको रुपमा स्थापित गराउन हामी प्रतिबद्घ छौ ।
८.    सामुदायिक रेडियोहरुको दीगोपनाको निम्ति संस्थागत पुनरसंरचना, पुनरनिर्माण र पुनरजागरण मार्फत समुदायको स्वामित्व, नेतृत्व र सक्रियता अभिबृद्धिमा प्रतिवद्धछा्रैं ।
९.   समुदायमा सामुदायिक प्रसारणमहत्वपूर्ण रहेकालेयसको दीगोपना र सवलिकरणमा स्थानिय, प्रदेश र संघिय सरकारको ध्यानकर्षण गर्दै समुदायमा अत्यावश्यक सूचना र शिक्षा पु¥याउन सामुदायिक रेडियोसँग सहकार्यको वातावरण निर्माणको लागि सरकारलाई आग्रहगर्दछौ ।
१०. परामर्श सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय रेखाशर्मा ज्यू, प्रतिनिधी सभाका सदस्य, राजेन्द्र प्रसाद पाण्डे, रामनाथ अधिकारी र अच्यूत मैनाली लगाएत सम्पूर्ण अतिथि महानुभावहरु तथा विषयगत छलफलमा श्रोत व्यक्तिको रुपमा आफ्नो विज्ञता र अनुभव राख्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौ ।