आगजनी तथा लुटपाटमा संलग्न थप १ जना र थप १३ कैदी बन्दी पक्राउ

आगजनी तथा लुटपाटमा संलग्न थप १ जना र थप १३ कैदी बन्दी पक्राउ
भक्रपुर, कार्तिक १२ गते
भक्तपुर प्रहरीले आगजनी तथा लुटपाटमा संलग्न थप १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रकहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडान नं. ९ घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं.८ शंकर भट्टा स्थित घरकोठामा बस्ने वर्ष २२का सुमन कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको घरकोठाको खानतलासी गर्दा १६ थान (जंगी राउन्ड) एस.एल.आर.को गोली फेला परेको हुँदा कानून बमोजिम बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भएको सूचना अधिकारी जवेजूले जनाएका हुन ।
यसै बीच भक्तपुर प्रहरीले थप १३ जना कैदीबन्दीहरुलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको छ । गत भाद्र २३।२४ गतेको आन्दोलनकाक्रममा विभिन्न कारागारबाट तिनिहरु फरार भएका थिए ।