शिक्षक दिवसको अवसरमा सेवा निबृत्त शिक्षक शिक्षिका सम्मानित

शिक्षक दिवसको अवसरमा सेवा निबृत्त शिक्षक शिक्षिका सम्मानित
भक्तपुर, चैत्र २९ गते
राष्ट्रिय शिक्षक दिवसको अवसरमा भक्तपुरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु सम्मानित भएका छन् । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा आज आदर्श आजाद माविको प्रांगणमा आयोजिता शिक्षक दिवस समारोहको उद्घाटन गर्नुृ हुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले समितिमा आवद्ध रहेका १६ वटा सामुदायिक विद्यालयबाट सेवा निबृक्त भएका शिक्षक, शिक्षिकाहरुलाई सम्मान पत्र प्रदान गर्दै नयाँ पुस्तालाई देश, काल, परिवेश बारे सुसूचित गर्न सके मात्रै देशको सार्वभौमिकता रक्षा गर्न सकिने धारणा व्यक्त गर्नुृ भयो । विद्यार्थीहरुलाई खेलकूदमा सहभागि गराउनु पनि शत्रुसँग कसरी भिड्ने भन्ने शिक्षा भएको चर्चा गर्दै अध्यक्ष विजुक्छेले इजरालयद्वारा प्यालेस्टानिमाथि कसरी आक्रमण गयो? कस्तो दुःख पायो ?भन्ने विषयमा विद्यार्थीहरुलाई पनि जानकारी दिन सकेमात्रै भविष्यमा हुन सक्ने युद्धको जोखिमबाट देशलाई बचाउन सकिने धारणा राख्नु भयो । उहाँले शिक्षकहरु प्राज्ञिक क्षेत्र भएको उल्लेख गर्दै सरकारले शिक्षकहरुलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्नेमा जोड दिनु भयो ।


विदेशी पूँजी भित्र्याएर देश विकास गर्ने सरकारको धारणा गलत भएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले नाफाकालागि भित्रिने विदेशी पूँजीले देश विकास नहुने भन्दै उहाँले यो सरकारको गलत विचार भएको औल्याउनु भयो ।
संयुक्त परिक्षा समितिका अध्यक्ष एवं शारदामाविका प्राचार्य रोशनराज तुईतुईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूवं अध्यक्ष अम्विका न्याईच्याईले सार्वजनिक विद्यालयहरुलाई न्यूनटम सेवा सुविधाबाट समेत बन्देज गरेर विद्यार्थीहरुसँग शुल्क लिन नहुने धारणा राख्नु गलत भएको बताउनु भयो । समितिका पुर्व अध्यक्ष एवं आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै गुणस्तरीय शिक्षा हाम्रो प्रतिवधताका साथ युग सुहाउँदो बैज्ञानिक शिक्षा, लगनशिल, अनुशासित, देश र जनताप्रति समर्पित दक्ष जनशक्ति तयार पार्र्नु हामी सबै शिक्षकहरुको लक्ष्य र उदेश्य भएको उल्लेख गर्दै अग्रज शिक्षाप्रेमीहरुको योगदान अतुलनिय भएको चर्चा गर्नु भयो । साथै उहाँले भक्तपुरका जनताको इच्छा भन्नेको भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नु भएको बताउनु भयो । आदर्श आजाद माविका निवृक्त शिक्षक राजेन्द्र कायष्ठले आफ्नो ४० वर्षे शिक्षण पेशाको समीक्षा गर्दै नेमकिपा अध्यक्ष विजुक्छेंको सय वर्षपछिको भक्तपुर परिकल्पना अनुसार भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास भइरहेको चर्चा गर्दै उहाँले भक्तपुर शैक्षिक गन्तव्य स्थलका रुपमा विकास गर्न शिक्षालाई श्रम रोजगारसँग जोड्नुपर्ने सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।


समितिका सदस्य सचिव लक्ष्मीनारायण दुवालले समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा समितिका सदस्य सुभद्रा लघुले धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रमको सञ्चालन आदर्श आजादमाविका शिक्षक विमल प्रधानले गरेका हुन भने कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष विजुक्छेंले यस वर्ष सेवा निवृत्त भएका शिक्षकहरुलाई सम्मानित गर्दै विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ठ शैक्षिक डायरी बनाउने शिक्षक, शिक्षिकाहरुलाई सम्मानित गर्नु भएको थियो ।