दोस्रो भक्तपुर कप–२०७९ को फाइनल खेल द हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच हुने
फागुन ११, भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल खेल द चरणमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच हुने भएको छ ।
विहीबार भएको भक्तपुर युवा टीम र द हिलिङ होम एफसीबीचको पहिलो खेलमा खेलको निर्धारित समयमा दुवै टीमबाट ३–३ गोलको बराबरी नतिजा भएको थियो । दुवै टीमबीच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टीमलाई २–४ गोलले पाराजित गरी द हिलिङ होम एफसी फाइनल प्रवेश गरेको हो ।
खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ४ का जान लिम्बु उदयीमान खेलाडी घोषित भए भने जर्सी नम्बर ७ का अमित लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यस्तै विहीबार नै भएको दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ । केदारनाथ सुटर्स र गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो । खेलबाट केदारनाथ सुटर्सका जर्सी नं. ४ का सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरी युनाइटेड एफसीका जर्सी नं. ८ का सम्राट लिम्बु उदयीमान घोषित भएका थिए ।
२०७९ फागुन ५ गते शुक्रबारदेखि सुरू भएको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल, पुरस्कार वितरण तथा समापन समारोह नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा फागुन १३ गते शनिबार दिउँसो १ः०० बजे हुने जानकारी आयोजक टीमका अध्यक्ष केशब त्वानाबासूले दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद एक लाख पच्चीस हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद साठी हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसका साथै प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दश हजार र ट्रफी प्रदान गर्नेछ । प्रतियोगितका उत्कृष्ट मिडफिल्डर, डिफेण्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्रदान गर्नेछ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














