स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नु पर्छ सरोकारवालाहरु
सन्जिब दुलाल
भक्तपुर । काठमाडौं उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका छन् ।
उपत्यकाका पूर्वी भेगका नगर प्रमुखहरुको बैठकले स्मार्ट सिटीकोलागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय गरेको छ ।
काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनीएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन स्थानीय तहका जनप्रतिनिधिहरुले पहलकदमी थालेका छन् ।
नगरकोटमा आयोजित पूर्वी उपत्यकाका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र उपसंयोजकमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा रहेका छन् ।
त्यस्तै, अन्य सदस्यहरुमा चाँगुनारायण नगरपालिकाबाट मेयर जीवन खत्री, पिआईडिबाट राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका विकास प्राधिकरणबाट नवराज प्याकुरेल, केयूकेएलबाट डिपी चापागाई र अधिकार सम्पन्न बाग्मती सम्यता विकास समितिबाट रविन्द्र बोहरा रहनु भएको छ । समितिले नेपाल सरकारको सहमतिमा योजना कार्यान्वयन गराउन र देखिएका समस्या तथा अल्झनहरु हल गर्न पहल गर्नेछ ।
पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना छ । तर यो योजना विगत सात वर्षदेखि अलपत्र छ ।
बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय गरेको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














