तेस्रो दिनमा स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवाको जित
भक्तपुर, फाल्गुण २० गते
तेस्रो भक्तपुर कपको तेस्रो दिनका खेलहरुमा स्पोर्टस एकेडेमी( सामाजिक युवा क्लब) र बागेश्वरी मझुवा युवा समाजले जितेको छ । मौसम प्रतिकृलतका बीच आईतबार भएको पहिलो खेलमा सिद्धि स्मृति भक्तपुर फुटवल क्लबलाई १ का विरुद्ध २ गोल गरी स्पोर्टस् एकेडमी साँगाले जितेका हुन भने दोस्रो खेलमा बागेशवरी मझुवाले भक्तपुर क्याम्पसलाई ३ गोल गरी जितेको थियो ।
प्रतियोगिताको ५ औं खेलमा जित दर्ता गर्दै स्पोर्टस एकेडेमीका खेलाडी पोसन राई म्याच अफ द म्यान घोषित भएका थिए भने अर्का खेलाडी सुशिल कार्की पनि उद्यमान खेलाडीको रुपमा पुरस्कृत भएका थिए । सो खेलमा ६५ वर्षका कृष्ण्राम बोहजू र रमिता राजलवत उत्कष्ठ दर्शकका रुपमा पुरस्कृत गरेको थियो भने प्रतियोगिताको छैठौ खेलमा बागेश्वरी मझुवा युवा समाजका प्रशान्त लामा म्याच अफ द म्यान घोषित भएका थिए भने सोही टिमका निरज लामा उद्यमान खेलाडीले पुरस्कृत भएका थिए । सो प्रतियोगितामा रामभक्त बोहजू र सक्षम ख्याजू उत्कृष्ठ दर्शकका रुपमा पुरस्कृत भएका थिए ।
सोमबार हुने ७ औं र ८ औं खेलहरुमा श्री इन्द्र बस गण र बदला एफसी बीच र वी आर ब्रर्दस विरुद्ध चाँगुनारायण नगरपालिका बीच खेल हुने छ। महेश्वरी खेल मैदानमा भइरहेको सो खेल दिउँसो १ बजे र ३ बजे हुने छ । भक्तपुर युवा टिमले आयोजना गरेको सो प्रतियोगिताको फाइनल फाल्गुण २६ गते हुने छ भने भोलि देखि क्वाटर फाइनलका खेलहरु आयोजना हुने छन् ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














