आदर्श आजाद मावि र कलेजको वार्षिकोत्सवको अवसरमा चित्रकला प्रतियोगि

आदर्श आजाद मावि र कलेजको वार्षिकोत्सवको अवसरमा चित्रकला प्रतियोगिता
भक्तपुर, फाल्गुण ११ गते
आदर्श आजाद माविको ६३ औ र आदर्श आजाद कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा आज चित्रकला प्रतियोगिता आयोजना गरेको छ । भक्तपुर नगरको दरवार क्षेत्रमा आयोजित चित्र कला प्रतियोगितामा सोही क्षेत्रका विभिन्न सांस्कृतिक सम्पदाहरुको चित्र कोरेर विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । आदर्श आजाद मावि र कलेजले विद्यालयको वार्षिकोत्सवको अवसरमा आधारभूट तह अन्तरगत चित्र कला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा कलेजका सहप्राचार्य चक्रबहादुर चाकतु शिक्षक राकेश सुकुपाय सहितले विद्यार्थीहरुलाई पढाईसँगै चित्रकलाको महत्वका बारेमा जानकारी दिएका थिए । आर्दश आजाद कलेजले यहि फागुण १६ गते वार्षिकोत्सब समारोह आयोजना गर्दै छ । सो वार्षिकोत्सव मनाउन विभिन्न कार्यक्रम आयोजना गर्नेक्रममा आज चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।