सिद्धि गणेश साकोसको स्थापना दिवसका विभिन्न कार्यक्रम सम्पन्न

सिद्धि गणेश साकोसको स्थापना दिवसका विभिन्न कार्यक्रम सम्पन्न
भक्तपुर, माघ ७ गते
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिको आयोजनामा सम्पन्न अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिनुहुँदै ३१ जनाको ३१०० रकमबाट शुरुभएको संस्थाले हाल १६१२३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुहुँदै सिद्धि गणेश ऐन, कानून तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भै रहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको विचार व्यक्त गर्नुभयो ।

संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिनुहुँदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने भन्नुहुँदै सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको जानकारी दिनुभयो । आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णु प्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखी शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको र तात्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुभयो । ५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमालाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपसमिति सदस्य रामहरी ताम्राकारले पनि बोल्नुभएको थियो । सोही दिन संस्थाको लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष लाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको र ती कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई स्थापना दिवस सफल पारिदिन सबैमा अनुरोध गर्दै खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैका एउटा भागरहेको भन्नुभयो । आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हार जित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुहुँदै सहभागी तथा सहयोगि सबैमा धन्वाद ज्ञापन गर्नुभयो । पुरुष बिधामा सिद्धि गणेश साकोस कर्मचारी समुह प्रथम तथा जागरुक युवा बचत समुह द्धितीय भएको थियो भने महिला विधामा आदर्श बचत समुह प्रथम र सिद्धि गणेश कर्मचारी समुह“क” द्वितीय हुन सफल भएको थियो । विजेतालहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यस्तै, संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष लाखाले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरुको उज्जल भविष्यमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुहुँदै भविष्यमा थप सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । संस्थाका व्यवस्थापक शिला गोसाइले सानैदेखि गरिने थोरै थोरै बचतले भविष्यको ठूलो गर्जाे टार्न सहयोग पु¥याउने भएकोले बाल बचत गर्नुपर्ने भन्नुहुँदै बालबालिकाको सर्वाङ्गीन विकास गर्ने उद्देश्यकासाथ विभिन्न समयमा सिद्धि गणेशले बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो । हस्तलेखन तालिमका प्रशिक्षक एवं प्रतियोगिताका निर्णायक सुरज दिदीयाले विद्यार्थी जिवनको सहयोगि लेखन शैलि हस्तलेखन तालिमलाई भविष्यमा पनि निरन्तर दिनुपर्ने र भक्तपुरको मौलिक एवं नेपालभाषाको पहिचान रञ्जना लिपीको पनि तालिम प्रदान गर्नु अनुरोध गर्नुभयो । आयोजक उपसतिका संयोजक एवं सभापति सञ्चालक रञ्जना प्रजापतिले महिला तथा बालबालिका उपसमितिले विभिन्न समय र अवसरमा महिला तथा बालबालिका लक्षितसीपमूलक तथा रोजगारीमूलक सञ्चालन गर्दै आइरहेको जानकारी दिनुहुँदै भविष्यमा सञ्चालन हुने कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गर्नुभयो । २५ जना बालबचतकर्ताहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समुहमा सिन्चन कोजु, इभा कोण्डा, एलिना जधारी र सुमंग सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सात्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने कक्षा ६ देखि १० सम्मको समुहमा सुरभी लाखा, एल्वीस जधारी, स्मरण सुवाल र स्माइल्दा सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो । प्रतियोगितको समापन कार्यक्रममा उपसमिति सदस्य नारांदेवी दुमरुले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सहायक कर्मचारी सविना ख्याजुले पनि बोल्नुभएको थियो ।