सन्दर्भ ४९ औं नेमकिपा स्थापनाः अग्रजहरुको योगदान उपलब्धीमूलक रहेको अध्यक्ष विजुक्छेको भनाई

सन्दर्भ ४९ औं नेमकिपा स्थापनाःअग्रजहरुको योगदान उपलब्धीमूलक रहेको अध्यक्ष विजुक्छेको भनाई
भक्तपुर, माघ ८गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पार्टीका अग्रजहरुको योगदान खेर नजाने र नगएको बरु उपलब्धीमूलक रहेको बताउनु भएको छ । सो कुरा अध्यक्ष विजुक्छेले भक्तपुर नगरपालिका वडा नम्वर ७ नेमकिपा समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बढाई तथा शुभकामना एवं अग्रज कार्यकर्ताहरुलाई सम्मान कार्यक्रमको अवसरमा  सो कुरा बताउनु भएको हो । अध्यक्ष विजुक्छेले भनपा ७ पार्टी समितिले छनौट गरेका ११ जना मध्ये ९ जना अग्रज कार्यकर्ताहरुलाई दोसला ओडाएर सम्मानित गर्नु भएको थियो ।


२०३१ साल माघ १० गते स्थापना भएको नेमकिपा स्थापनाको ४९ वर्षमा झन्दै दुई पुस्ताले राजनीति गरेको बताउँदै सो अवधिमा देखिने नदेखिने गरी धेरै देश र जनताका लागि योगदान दिन सकेको उल्लेख गर्नु भयो । अध्यक्ष विजुक्छेले भौतिक संरक्षण निर्माण देखिने विकास भए जस्तै जनताको राजनैतिक, सांस्कृतिक तथा शिक्षा र स्वास्थ्यका लागि नेमकिपाले नदेखिने गरी महत्वपूर्ण योगदान दिन सकेको स्मरण गर्नु भयो । राजनीतिक नैतिकता, इमान्दारिता नेमकिपाले मात्रै देखाउन सकेको उल्लेख गर्दै सांसदलाई करोडौको पजेरो गाडीको सुविधा र सांसदलाई आजीवन भट्टाको ब्यवस्थाको विरुद्ध नेमकिपाका सांसदहरुले सांसदमा भूमिका खेलेर त्यस्तो सुविधा खारेज गराएको तथा मजदुर र किसानको हितकालागि लडि रहेको बताउनु भयो ।
देशमा नेमकिपा पार्टी नभएको भए नवउदारवाद, बैदेशिक हस्तक्षेपको विरोध हुदैनथ्यो अध्यक्ष विजुक्छेले भन्नु भयो सत्तासिन दलहरु भागबन्दामा मात्र लाग्थे देशको ढुकुटी मिलिजुली बाडेर खान्थे तर नेमकिपाले देश र जनताको विकासका लागि कमिसन, भ्रष्टाचारको विरोध गर्दै राष्ट्रिय औद्योगिक विकासमा जोड दिदै आएको उदाहरणहरु प्रस्तुत गर्नु भयोे । जनताको चेतनास्तर उकास्न स्वदेशको मात्र नभई सामाज्यवाद विरुद्ध विश्वका विभिन्न देशका एजेण्डा नेमकिपाले उठाउँदै आएको र यसरी मित्र राष्ट्रहरुमा अमेरिकी साम्राज्य र भारतीय विस्तारबादको विरोध गर्नुृ भोली नेपाली भूमि माथि हुन सक्ने हस्तक्षप विरुद्ध विश्वका अन्य मुलुकको साथ पाउनको लागि पनि भएको बताउनु भयो । अध्यक्ष विजुक्छेले नेमकिपा बनाउन आफूभन्दा उमेर पाको अग्रजहरुले पनि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उहाँहरुको योगदानबाटै नेमकिपा देशको एउटा मात्रै सार्वभौम पार्टी बनेको उल्लेख गर्नु भयो । उहाँले संसदबाट समाजबाद आउनेमा विश्वास नभएको जस्तो फल रोप्यो त्यस्तै फल्ने भएकाले ब्यापक राजनैतिक चेतनाको आवश्यकतामा जोड दिनु भयो ।
नेमकिपा भनपा ७ समितिले वडाका सत्तरी वर्ष नाघेका जेष्ठ नागरिकलाई महेश्वरी बैक्वेटमा आयोजित सम्मान तथा मतदाताहरुलाई बढाई र जनप्रतिनिधीहरुलाई शुभकामना दिन आयोजित सो सभामा बोल्नु हुँदै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले गणतान्त्रिक देश कतातिर गईरहेको छ? पूजीवादतिर कि समाजबादतिर जनताले बुझ्नुपर्ने भन्दै समाजबादी ब्यवस्थाले मात्रै देश र जनताको हित गर्ने विचार ब्यक्त गर्नु भयो । सांसद सुवालले देशको विद्यमान संविधानको नीती र विधि तथा अग्रजहरुको भनाई अनुसार पनि संसदमा प्रमुख प्रतिपक्षको भूमिका नेमकिपालाई दिनुपर्नेमा जोड दिदै आएको बताउनु भयो । प्रमुख प्रतिपक्षी हुन अन्य कुनै लोभ नभएको बरु देश र जनताको आवाज बोल्न सांसदमा अलिबढि समय पाउने बताउँदै सांसद सुवालले अहिले सदनमा एक, दुई मिनेट मात्र बोल्ने अवसर मिलेकाले देशभरका जनसरोकारका विषयहरुमा पर्याप्त बोल्न नपाएको बताउनु भयो । संसदमा जितेर आएका जनप्रतिनिधीहरु कोही अपराधी, कोही भ्रष्टाचारी भएको पुष्टि हुँदै आएको उल्लेख गर्दै निर्वाचन जित्न करोडौ खर्चेका सांसदहरुले देशको हितमा नबोल्ने बताउनु भयो ।


नेमकिपा भनपा ७का कृष्णगोविन्द खाईजूको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपाका पूर्व सल्लाहकार नाती कवां, बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, गीता काफ्ले, नेमकिपाका केन्द्रीय सदस्य उकेश कवां, नेमकिपा भनपाका नारायणबहादुर दुवाल, हरिरत्न गोर्खाली र नेमकिपा भनपा ७का बलराम गोसाई,ले सो अवसरमा नेपालको कम्यूनिष्ट आन्दोलनमा नेमकिपाले खोटा विचारको खण्डन गर्दै साँचो कम्यूनिष्ट पार्टी स्थापना गर्न, देशको सार्वभौमिकता रक्षा गर्न सुस्ता, कालापानी, महाकालीको सिमा रक्षा मात्र नभई भारतबाट छुटेको पाकिस्थानबाट भारतकै सहयोगमा बंगलादेश छुट्दा नेपाल वा नेपाली भूभाग पनि टुक्राउने वा सिकिम जस्तै भारतमा गाभ्न सक्ने जोखिम विरुद्ध नेमकिपाले भक्तपुरमा पार्टी स्थापनाकाल देखि नै जुलुस गरेको स्मरण गर्दै नेमकिपा विस्तारै देश र जनताले खोजि रहेको पार्टी बनिरहेको बताउनु भयो ।