आदर्श आजादमा ४ दिने उद्घोषण तालिम
भक्तपुर, पुस ३० गते
आदर्श स्टुडेन्ट्स सर्कलले आयोजना गरेको ४ दिने उद्घोषण तालिमका सहभागि प्रशिक्षार्थिहरुलाई आज प्रमाण पत्र वितरण गरिएको छ । आदर्श आजाद मावि तथा आदर्श कलेजको सभाहलमा आयोजित सो प्रशिक्षणमा सहभागि प्रशिक्षार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसी र सहप्रधानाध्यापक चक्रबहादुर चाकटुले प्रमाण पत्र वितरण गर्नु भएको हो ।
















