कमलविनायक साकोसले मनाए, १५ औं वार्षिक साधारण सभा

कमलविनायक साकोसले मनाए, १५ औं वार्षिक साधारण सभा
भक्तपुर, पुस ३० गते
कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.ले आज १५ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको प्रमुख आतिथ्यतामा आयोजित उक्त साधारण सभामा भक्तपुर जिल्ला बचत संघका सचिव जगनाथ प्रजापति, भक्तपुर साकोसका राजेश प्रजापति, सिद्धिगणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखा र गुरु गणेश साकोसका रामकृष्ण लवजूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद लाखाको सभापतित्वमा भएको सो साधारण सभामा संस्थाका सचिव सुनिल मगजुले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद ह्यौमिखाले आर्थिक प्रतिवेदन तथा आ.ब. २०७९।८० को अनुमानित बजेट र रमेश माकजुले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुरक्षित बचत, सुरक्षित जीवनको लागि उद्घोष गर्ने कमलविनायक साकोसले गत वर्ष ६ करोड ७२ लाख ७४ ५७५ बचत निक्षेप संकलन गरी ६ करोड ८८ लाख ६४ हजार ७४३ ऋण लगानी गरी ७ लाख ६९ हजार ९४१ मुनाफा कमाउन सफल भएको छ । ७३ लाख १९ हजार ५ सय शेयर पूँजी विस्तार भएको सो सहकारीको कूल सम्पत्ति ८ करोड ६६ लाख ७ हजार ७१९ रुपियाँ रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद लाखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रमुख अतिथी भनपाका जनप्रतिनिधी लक्ष्मीप्रसाद ह्यौंमिखाले सो अवसरमा प्रमाण पत्र तथा सम्मान पत्र वितरण गर्नु भएको थियो ।