विश्वमा ओमिक्रोनबाट बच्नको लागि प्रतिबन्धहरू थपिदै, दक्षिण अफ्रिकामा भने सम्पर्क ट्रेसिङ हटाइयो ।

विश्वमा ओमिक्रोनबाट बच्नको लागि प्रतिबन्धहरू थपिदै, दक्षिण अफ्रिकामा भने सम्पर्क ट्रेसिङ हटाइयो ।
दक्षिण अफ्रिकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कमा रहेको व्यक्तिको कन्ट्राक ट्रेसिङ गर्ने क्रमलाइ हटाएको छ । कोरोना सङ्क्रमणको नयाँ स्वरुप ओमिक्रोन उत्पति भएको देशमा सम्पर्क ट्रेसिङको भने अन्त्यको घोषणा गरिएको अलजजिराले जनाएको छ । दक्षिण अफ्रिका कोरोनाको चौथो लहरबाट अति नै प्रभावित हुने खतरा रहेको देखिएपनि सम्पर्क ट्रेसिङको कामलाइ भने अनिवार्य नगरिएको बताईएको हो । पछिल्ला दिनहरूमा ओमिक्रोनको फैलावट विश्वका धेरै देशमा पुगिसकेको छ ।
अन्य देशहरूले भने यसको रोकथाम तथा नियन्त्रणको लागि सकेसम्मको प्रतिवन्धहरू लगाएका छन् । यसैबीच, थाइल्याण्डमा पनि ओमिक्रोनको पुष्टि भएको छ भने युरोपका देशहरूमा ओमिक्रोन फैलन नदिनको लागि कडाइ गरिएको छ । इटालीले घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ भने ग्रीसले मानिसहरूलाई घर भित्र र बाहिर दुबै स्थानमा फेस मास्क लगाउन आदेश दिएको छ। दक्षिण अमेरिकामा, इक्वेडरले क्रिसमसको बिदाको ठीक अघि विश्वव्यापी रूपमा बढ्दै गएको कोरोनाभाइरस सङ्क्रमणसँग लड्न लगभग सबैका लागि खोपहरू अनिवार्य बनाएको छ ।