श्री गुरु गणेशको साधारणसभा

भक्तपुर, १० असोज । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रौं साधारण सभा एवम् पाँचौं अधिवेशन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा एक समारोहबीच कमलबिनायक मन्दिर परिसरमा सोमवारका दिन सम्पन्न भयो ।


प्रमुख अतिथि रविन्द्र ज्याख्वले नागरिकता विधेयकमा राष्ट्रिपतिले प्रमाणिकरण नगर्दा विदेशीले बंशजको नागरिकता नपाउने भएकोले फिजिकरण हुनबाट देश जोगिएको बताउनुभयो । उहाँले नागरिकता बंशज र अंगिकृत हुने भएकोले अंगिकृतले लोक सेवा, प्रहरि सेना, मतदान र उम्मेदवार हुन नपाउने भएकोले प्रमुख उपप्रमुख, मन्त्री र प्रधानमन्त्री साथै राष्ट्रपति समेत हुन नपाउने भएतापनि यदि विधेयक प्रमाणिकरण भएको खण्डमा २०६३ मा अंगिकृत नागरिकता लिएकाले बंशजमै नागरिकता लिने भएकोले विदेशीहरु प्रधानमन्त्री र राष्ट्रपति बन्छ भन्नुभयो । उहाँले शहर र कर्णालीमा रहेको सहकारीमा धेरै फरक भएको साथै सहकारी प्रति ज्ञान कम हुँदा व्यवस्थित संचालन गरेकोे नपाइएको बरु व्यक्तिसंग साठी प्रतिशत व्याज तिर्नुपर्ने समस्या समेत रहेको छ भन्नुभयो । उहाँले स्थानीय तह नगरपालिका र गाउँपालिकाले ऐनको पनि व्यवस्था नगरेको बताउनुभयो । उहाँले त्यस्तो भएतापनि एक दुई वटा सहकारी जस्तो विद्यालय संचालन गरेको र महिलाहरुको सहकारीहरु अलि व्यवस्थित भएको छ भन्नुभयो । उहाँले डेंगु रोगको माहामारी फैलिएकोले त्यसबारे सचेत भई स्वस्थ्थ रहन आग्रहगर्नु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि बालकृष्ण ध्वाजुले सहकारी संस्थाभित्र विकृति आईरहेकोले त्यस तर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले साधारण सभामा सदस्यहरु सहभागी कम हुने भएको सहकारी विज्ञहरुबाट प्रशिक्षण आवश्यक रहेको बताउँदै समुदायमा आधारित रहि समामाजिक कार्यहरु संचालन गरेकोमा खुसि व्यक्त गर्नु सनुभयो । उहाँले संन्दर्भ व्याज दर र सहकारी विघटन गर्नसक्ने अधिकार रजिष्ट्रारले खोसेको छ भन्नुभयो । उहाँले सहकारीको वित्तीय स्वस्थ्थता हेर्ने पल्र्स विश्लेषण हो भन्नुभयो । उहाँले शिक्षा शिविरमा वित्तीय सवल तर्फ ध्यानदिनुपर्ने बताउँदै लेखा परिक्षकले नगरपालिकामा दर्ता नगर्दा सहकारीलाई लेखा परिक्षण गराउन समस्या देखिएको तर नगरपालिकाले बहुउद्देश्यीय सहकारी दर्ता नगरी बचत कर्ता सदस्यहरुलाई सचेत गराएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक एवम् सल्लाहकार रामकृष्ण प्रजापतिले खाजा पसलमा बचत गर्ने भावनाबाट उत्प्रेरिकत भई स्थापना भएको सहकारी अहिले बत्तीसलाख रुपैंया नाफा लिन र करिब साढे नौ करोडको कारोबार गर्न सफल भएको बताउनुभयो । उहाँले सहकारी सदस्यहरु आर्थिक र सामाजिक स्तर उकासी आर्दश समाज बनाउने मूल नाराका साथ अगाडि बढी रहेको संस्था भएकोले समुदायमा आधारित रहेकोले शिक्षा स्वास्थ्यमा ध्यान दिई विकृति र विसंगतिबाट टाढा रही सुसंस्कृत समाजबाट आर्दश समाज बन्ने बताउनुभयो । उहाँले बार्षिक नीति तथा कार्यक्रम र बजेत सहकारीको मार्ग निर्देशन भएको बताउनुभयो । त्यसलाई नयाँ कार्य समितिले अझ व्यवस्थित गरेर जाने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सल्लाहकार कृष्णभक्त लवजुले सहकारी संस्थ्था स्थापना गर्नु ठूलो कुरा होइन तर निरन्तरता दिन गा¥हो हुने भएतापनि व्यवस्थित संचालन भएको बताउनुभयो ।
साधारण सभा संस्थाका अध्यक्ष श्री प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मित्र सहकारी संस्थाका प्रतिनिधिहरुको तर्फबाट कमलबिनायक साकोसका कृष्णप्रसाद लाखा, स्वागत मन्तव्य उपाध्यक्ष कृष्णराम कासिछ्वा, संचालन सचिव सत्यराम ज्ञामरु र गौतम कुटुवाजुले गर्नुभएको थियो ।
साधारण सभाको छलफल सत्रमा प्रगति प्रतिवेदन सचिव सत्यराम ज्ञामरु, आर्थिक प्रगति प्रतिवेदन तुल्सीकेशरी छुजु प्रजापति, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन राजु बजिको, शिक्षा उपसमितिको प्रतिवेदन रामकृष्ण लावजु, महिला उपसमितिको प्रतिवेदन चम्पा ज्ञामरु बोहजु, बचत तथा अतिरिक्त क्रियाकलाप उपसमितिको प्रतिवेदन सिद्धान्त प्रजापतिले प्रस्तुत गर्नुभयो ।
निर्वाचन समितिका संयोजक रामकृष्ण प्रजापतिले पाँचौं अधिवेशनले कृष्णराम कासिछ्वाको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति र हरिकृष्ण प्रजापतिको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको घोषणा गर्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले संस्थाका असल नियमित बचत कर्ता, असल ऋणी, पचहत्तर बर्षदेखिका जेष्ठ सदस्यहरुलाई प्रतिव्यक्ति तीन हजार रुपंैयाका दरले प्रदान गर्नु भयो भने बाल चित्रकला र बाल दौड प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई पुरस्कार वितरण गर्नुभयो ।