४३ विश्व पर्यटन दिवसको अवसरमा दुईजोडी पर्यटकलाई भक्तपुर नगरमा स्वागत
भक्तपुर, असोज ११ गते
४३ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगर प्रवेश गर्ने दुई जोडी पर्यटकलाई स्वागत गर्दै भक्तपुरमा पर्यटन दिवस मनाएको छ । भक्तपुर नगरमा जर्मन र बल्गेरियाबाट आएका दुई जोडी पर्यटकहरु पर्यटन दिवसको अतिथी बनेका हुन । भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुलाई हरेक वर्ष स्वागत गदर्,ै नगर प्रवेश गर्ने पास र भक्तपुर नगरको ऐतिहासिक एवं सांस्कृतिक पहिचान झल्कने उपहारहरु दिदै आएको भक्तपुर नगरपालिका र भक्तपुरका पर्यटन व्यवसायीहरुले यस वर्ष पनि साँस्कृतिक बाजा र लाखे नाँचका साथ स्वागत गरेका हुन ।
नगरप्रवेश गर्ने पर्यटकहरुलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई पर्यटकीय गणतब्यस्थलको रुपमा विकास गर्न सम्पदा संरक्षण र विभिन्न भाषा प्रशिक्षण दिदै आएको बताउनु भयो । भूकम्पले भत्किएको सम्रचना जिर्णोद्धार र संरक्षण गर्दै भक्तपुर नगरपालिकाले पर्यटन सेवा विस्तार गर्दै आएकोमा कोरोनाको कहरले विश्वव्यापी पर्यटन क्षेत्रमा प्रभाव पारे पनि पर्यटक आउनेक्रम जारी रहेको चर्चा गर्नु हुँदै नगर प्रमुख प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा ४ जना पर्यटकलाई स्वागत गर्न पाउँदा खुसि लागेको बताउनु भयो ।
भक्तपुर नगर प्रवेश गर्ने मध्येबाट जर्मनीका पर्यटक आन्द्रेजले न्यानो स्वागत गरेकोमा धन्यवाद दिए भने बल्गेरीयाका पर्यटक जर्जले पर्यटन दिवसको अवसरमा न्यानो स्वागत पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताउँदै सम्पदा प्रेमीलाई यसरी स्वागत गर्ने नेपालीको मन विशाल रहेको बताउनु भयो । यस वर्षको विश्व पर्यटन दिवसको आधिकारीक कार्यक्रम इण्डोनेशियाको बालीमा रिभ्यू अफ टुरिजम नाराका साथ मनाउने भएको संस्कृतिकर्मी ओम द्यौभडेलले सो अवसरमा बताए ।














