दुधपाटीमा फलफुल र खाद्य पसल अनुगमन

दुधपाटीमा फलफुल र खाद्य पसल अनुगमन

भक्तपुर, ३० भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा फालफुल र खाद्य पसलहरु अनुगमन गरियो । अनुगमनमा पसलहरुले पेटीमा सामानहरु राख्ने र मःमः पसलमा चुल्होहरु पेटीमा राखेको पाइएकोले तत्काल हटाउन निर्देशन दिएको संयोजक राजकृष्ण गोराले बताउनुभयो ।
अनुगमनमा छोटु फलफुल तथा जुस पसलमा म्याद नाघेको चब्बा कोकोनट जुस १० वटा जफत गरी नष्ट गरियो भने पसल नविकरण नगरेको, मुल्य सुचि देखिने गरी व्यवस्थित नराखेको, पेटीमा समान राखेको, तराजु नापतौल विभागमा नविकरण नगरेकोले तराजु एक थान जफत गरी सो सुधारेर तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
गौतम जुस एण्ड फ्रुटसमा पेटीमा सामान नराख्न, मुल्य सुचि सबैले देखिने गरी व्यवस्थित गरी राख्न र सरफाइमा ध्यान दिन निर्देशन दियो ।
दक्षिण बराही मःमः हाउसमा उत्पादन मिति र लेवल नभएको मःमः बेचविखन नगर्ने, सफाई शुल्क तिर्न र पेटीमा राखेको चुल्होहरु हटाउन निर्देशन दियो ।
शानदार मःमः एण्ड फास्टफुड दर्ता नगरी पहिला न्यू आर.आर. मःमः पसल दर्ता गरी संचालन गरेको देखिएकोले अहिलेको नाममा पसल दर्ता गर्न, पेटीमा राखेको चुल्होहरु तत्काल हटाउन निर्देशन दियो ।
हिमालयन स्विटस् हाउसमा पसल दर्ता नभएकोले त्यहि दर्ता गराएर मुल्यसुचि व्यवस्थित गर्न, मिठाईमा रंग बढी हालेकोले पा“च केजी मैदामा एक ग्राममात्र खाद्य कलर राख्न, रंग बढी भएको जेरी तीन केजि, स्वारी एक केजि चार सय ग्राम जफत गरी नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, उद्योग बाणिज्य संघ भक्तपुरका राजू त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्जका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक अमित दण्डेखु, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटीको सहभागी थियो ।