भक्तपुरमा कोरोना संक्रमित ६ हजार नाघ्यो, ७५को मृत्यु, १६८६ सक्रिय संक्रमित
भक्तपुर, कार्तिक १८ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ७५ पुगेको छ । हालसम्म भक्तपुरका २६३३ महिला र ३४५४ पुरुष गरी ६ हजार ८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको उल्लेख गर्दै संक्रमितहरु मध्ये १८९४ महिला र २४३२ पुरुष गरी ४३२६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालय प्रमुख कृष्णवहादुर मिजारका अनुसार अहिले जिल्लामा ७१६ महिला र ९७० पुरुष गरी १६८६ सक्रिय संक्रमितहरु रहेको बताएको छ । संक्रमितहरु मध्ये २३ महिला र ५२ पुरुष गरी ७५ जना संक्रमितको मृत्यु भइसकेको जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ६२ जनामा देखिएको कोरोना पोजेटिम भएकाहरुमा २२ महिला र ४० पुरुष रहेको जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार थपिएका संक्रमितहरु भक्तपुर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जना, मध्यपुर थिमी नगरपालिकाका ७ महिला र १४ पुरुष गरी २१ ज्नासूर्यविनयक नगरपालिाका ८ महिला र१४ पुरुष गरी २२ जना । चाँगुनारायाण् नगरपालिकाका ३ महिला ३ पुरुष गरी ६ जना तथा सम्पर्क हुन नसकेका २महिला र ६ पुरुष गरी ८ जना रहेका छन् ।
मंगलबार देशभर ३ हजार १ सय १४ जनामा थप कोरोना संक्रमण पुष्टि भएका थिए ।योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४२ जना कोरोना सङ्क्रमणमुक्त भऐसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएकोपछि नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १,००४ पुगेको छ ।
काठमाण्डौ उपत्यकामा मंगलबार थप १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका थिए । ११ हजार १६६ जनाको आटी पसिआर परीक्षण गर्दा देशभर ३ हजार ११४ जना संक्रमित मध्ये काठमाण्डौ उपत्यका ६४९ महिला र ८१९ पुरुष गरी १ हजार४६८ थप संक्रमित भएको बताएका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












