तलेजुको घिन्ताघिसी नाचसँगै सापारु पर्व सुरु
भक्तपुर, श्रावण २६ गते
यस वर्षको गाइजात्रा पर्व अर्थात सापारु पर्व आजबाट सुरु भएको छ । तलेजु भक्तपुरको घिन्तांघिसी नाच भक्तपुर नगरमा आज साझ प्रर्दशन गरेपछि यस वर्षको जाईजात्रा पर्व सुरु भएको हो । जनै पूर्णिमा देखि ९ दिन ९ रातसम्म यो पर्व मनाइने भएकाले गुन्हिपुणि पर्वको रुपमा सापारु सहित सांस्कृतिक तथा आधुनिक नाचगानहरु नगरभरी प्रदर्शनी गर्दै गाईजात्रा पर्व मनाउने प्रचलन रहेको छ । ऐतिहासिक सापारु पर्वसँगै समाज, राज्य वा देश विदेशमा देखिएका बिकृति बिसंगतिहरुलाई ब्यंग्यात्मकरुपले प्रस्तुत गर्ने पर्वको रुपमा पनि यो पर्व महत्वका साथ मनाउने चलन छ । नेवार समुदायले भने जो जहा पुगेपनि आफ्नो मौलिक पर्वको रुपमा सापारुलाई मौलिक शैलीमै मनाउँदै आएको छ ।
यस वर्षको जनैपुर्णिमा र गाईजात्रा पर्व एकै दिनमा परेको भदै विभिन्न पात्रहरुले जनाए पनि सरोकारवालाहरुको छलफलपछि भक्तपुरमा आज जनैपूर्णिमा र भोलि गाई जात्रा अर्थात सापारु पर्व मनाउने भएकाले आज साँझ तलेजु भक्तपुरबाट घितांघिसी नाच आज साझ प्रस्तुत गरेको हो । सापारु पर्व सुरु हुनु पूर्व तलेजुबाट घितांघिसी नाच प्रस्तुत गर्ने परम्परा अनुसार दरवार क्षेत्र भक्तपुरबाट सो नाच भक्तपुर नगरको गाईजात्रा प्रर्दक्षिणा मार्गमा प्रस्तुत गरेका थिए ।
आज विहान शिव मन्दिरहरुमा जनै फेर्ने र हातमा रक्षाबन्दन बाध्नेको घुईचो लागेको थियो भने नेवार समुदायले भ्यागुतोलाई भात खुवाएका छन् । रोपाईमा सहयोगी भूमिका खेल्ने भ्यागुतोलाई भात, क्वाती, मुलाको ऐना र ग्वेस्वं सहित ब्यां जा खेत खेतमा र भ्यागुटो रहने ढुंगेधारा, मन्दिरहरुमा चढाएका थिए ।
भोलि गाईजात्राको दिन यस वर्ष मृत्यु भएका परिवारजनले गाईका विभिन्न आकृतिहरु बनाएर नगर परिक्रममा गर्ने परम्परा छ । यस परम्परा अनुसार भक्तपुर नगरमा ताहामचा बनाएर र घिन्ताघिसी नाच सहित विभिन्न परम्परागत नाचहरु प्रस्तुतीको तयारी भइरहेको छ । यसरी गाई ल्याउनेलाई साँस्कृतिक पुरस्कारको व्यवस्था सहित भक्तपुर नगरपालिकाले मूल्यांकन गरिने भएको छ भने जात्रा हेर्न आउने दर्शकहरुको यातायाता व्यवस्थापनका लागि नगर बाहिरका क्षेत्रहरुमा पार्किङको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । गत दुई वर्ष कोरोनाका कारण औपचारिकतामा सिमित गरेको सापारु यस वर्ष भन्ने भव्यरुपमा मनाउने भएको छ ।
सापारु अर्थात गाईजात्रामा नौ थरीको गेडागुडीको क्वाटी खाएर नौ पटक गाईजात्रा प्रर्दक्षिणा मार्ग घुम्नुपर्ने परम्परागत मान्यता एवं जनविश्वास पनि रहेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














