भक्तपुरमा १५ जना कोरोना संक्रमित थपिए

भक्तपुरमा १५ जना कोरोना संक्रमित थपिए
भक्तपुर, कार्तिक ११ गते
काठमाण्डौ उपत्यकामा आज जम्मा जमि २५२ जना कोरोना संक्रमित भएको पुष्टि हुँदा भक्तपुरका १५ जनामा मात्र पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालय प्रमुख कृष्णवहादुर मिजारका अनुसार भक्तपुर नगरपालिकाका ३ जना पुरुष, मध्यपुर थिमी नगरपालिकाका २ जना पुरुष, सूर्यविनायक नगरपालिकाका ४ महिला र ६ पुरुष गरी १० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।