सत्रु र मित्रु किरा चिन्नेर कृषि उपचार गर्न जेटिए माकजुको आग्रह
भक्तपुर, असार २३ गते
केही अप्लज्ञान त केही किरा संक्कारमणका कारण भक्तपुरका कृषकहरुका विभिन्न बालिहरु सुधार्न नसक्ने गरी बिग्रेका छन् । तरकारी बालिको रुपमा रहेको अकबरी खोर्सानी, गोलभेडा, भ्यान्टा, लगात विभिन्न विरुवा र फलहरुमा समेत विभिन्न संक्रमण देखिएको हो । यसरी संक्रमण देखिएर फल लिन नपाएका कृषकहरु आज सिद्धि कृषि सहकारी संस्था लि. कमलविनायकले आयोजना गरेको बाली परिक्षण शिविरमा सहभागि हुँदै आफना बालिमा परेको संक्रमणहरु बारे जेटिएसँग परामर्श र उपचार लिएका हुन् । कृषकहरुको समस्या र गुनासोहरुको सुनुवाई गर्दै जेटिए गंगाबहादुर माकजुले कृषकहरुमा बालि प्रति अल्पज्ञानका कारण विरुवा ब्रिगे्रर फल समेत लिन नपाएको बताए । विरुवा रोपेको ठाउँमा पानी जम्न दिन नहुनेमा कृषकहरुको बेवास्ताले गर्दा हाँगा देखि नै बोटहरु सुकेर बिग्रेको उहाँले बताए । बढी उब्जनी गर्ने उदेश्यले लगाएका हाइब्रिट बीउँका कारण बढी बालि बिग्रेको उहाँको विश्लेष छ । रैथाने जातको विरुवा भए त्यति बिग्रिन्दैन जेटिए माकजुले भने त्यसमाथि जथाभावि रासायनिक विषाधि प्रयोगले मानिसको स्वास्थ्यमा समेत असर पर्ने गरेकाले सत्रु र मित्रु किरा चिनेर उपयुक्त विषाधीको मात्र प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनु भयो । कृषकहरुको बालिमा विभिन्न संक्रमण भएको गुनासो आएपछि बालि सुरक्षण प्रयोगशलाा हरिहरभवनको सहयोगमा बाली परिक्षण शिविर आयोजना गरेको संस्थाका अध्यक्ष पुण्यराम दुमरुले बताए ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














