चिनिया“ निजी क्षेत्रको उच्च स्तरिय टोली भक्तपुरमा

चिनिया“ निजी क्षेत्रको उच्च स्तरिय टोली भक्तपुरमा

चिनिया“ निजी क्षेत्रको उच्च स्तरिय टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच भाद्र २८ गते स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र उपाध्यक्ष श्री कविदास श्रेष्ठले फूलको माला सहित भक्तपुर दरवार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजा सहित भक्तपुरका पर्यटकिय क्षेत्रहरुको अवलोकन गराईएको थियो ।

पर्यटकिय क्षेत्रहरुको अवलोकन पश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनिया“ जनताहरुमाझ भक्तपुरको प्रचार प्रसार गर्ने, चिनिया“ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्ने लगायत चिनिया“ कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल, उपाध्यक्ष श्री दिपक कुमार मल्होत्रा लगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । उक्त चिनिया“ व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य श्री रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएमा आएको भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले बताए ।