जमफुडका कारण विद्यार्थीहरु भए दातका रोगी
भक्तपुर, असार २३ गते
विद्यालयका बालबालिकामा दात सम्बन्धि रोग बढी देखिएको छ । त्यसपछि रुघाखोकीका विरामी देखिएको बाल रोग विशेषज्ञ डाक्टर धुर्व श्रेष्ठले जनाएको छ । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत आदर्श आजाद मावि भेलुखेलले आज विद्यार्थी तथा अभिभावकहरुका लागि स्वास्थ्य परिक्षण शिविर आयोजना गर्नेक्रममा विद्यार्थीहरुमा त्यस्ता रोगहरु बढी देखिनुको कारण जमफुड सेवन भएको जनाए । डाक्टर श्रेष्ठका अनुसार कोरोना र हैजाको प्रकोप बढेको बेला बालबालिकाको सरसफाईमा बढी अभिभावकले ध्यान दिन सके बालबालिका सुरक्षित हुने बताए । स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारले समेत निरिक्षण गरिएको सो स्वास्थ्य शिविरमा ख्वप अस्पताल, सिद्धिस्मृति महिला तथा बाल अस्पताल र डाक्टर इबामुरा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले बताउनु भयो ।

विद्यालयमा नर्सको व्यवस्था भएपछि दैनिक बालबालिकाहरुलाई स्वास्थ्य सचेतनामूलक कक्षाहरु लिने गरेकाले बालबालिका बढी स्वस्थ भएको बताउँदै बालबालिका हेरविचार गर्ने अभिभावकलाई समेत ध्यानमा राखि विद्यार्थी तथा अभिभावकलाई स्वास्थ्य शिवर आयोजना गरेको उहाँले बताए । यस्तो खालको शिविर २।३ महिनाको फरकमा गर्न सके बाल स्वास्थ्यमा सुरक्षा हुने प्राचार्य किसीको भनाई छ । आजको शिविरमा विद्यार्थीहरुका लागि नाक,कान घाँटी र अभिभावककालागि हाडजोर्नी तथा नसा रोगको परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिको सहप्राचार्य चक्रबहादुर चाकतुले बताए ।
बाल रोग विशेषज्ञको रुपमा डाक्टर धुर्व श्रेष्ठ र हाड जोर्नी तथा नसा रोग विशेषज्ञ निरज शाहले बालबालिका तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेको सो शिविरको स्थानीय वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले उद्घाटन गरेका थिए । ।











