आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रति भक्तपुर चेम्बर अफ कमर्सको धारणा

प्रेस (२०७९÷२÷१८)

आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रति भक्तपुर चेम्बर अफ कमर्सको धारणा
सरकारले दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नु पर्ने

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि घोषणा गरेको १७ खर्व ९३ अर्व ८३ करोड रुपैयाको बजेट खर्चका लागि दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नु पर्दछ । बजेटमा घोषणा गरे अनुरुप आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य मौजूदा संरचनागत अवस्थामा कठिन हुने निश्चित छ ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने नीतिगत सोचका आधारमा केही कृषि उत्पादनको आयातमा ३० प्रतिशतले कमी गर्ने र निर्यातलाई दोब्बर बनाउने नीति प्रस्ताव गरिनु उत्साहजन छ । कृषि क्षेत्रमा रोजगारीका साथै उत्पादकत्वमा समेत अभिवृद्धि गर्ने उद्देश्य अनुरुप कृषि विकासका लागि विभिन्न परियोजनाहरु प्रस्ताव गरिनु सकारात्मक पक्ष हो । तथापी आन्तरिक उत्पादन वृद्धिमा पूर्ण विस्वस्त नभई आयात प्रतिस्थापनलाई बढावा दिदा मुलुकमा वस्तुको अभाव हुन गई सोबाट मूल्यवृद्धिलाई प्रत्यक्ष प्रोत्साहन मिल्न जाने तर्फ पनि सरकार सचेत हुनु पर्दछ ।

नेपाली उत्पादनको वृद्धि, रोजगारी सृर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम थालनी गर्ने घोषणा गरिएको छ । साथै आफ्नौ उत्पादन आफ्नै उपभोग, एक स्थानीय तह एक विशिष्ट उत्पादन जस्ता कार्यक्रम सञ्चालन गर्दै औद्योगिक विकास र उद्यमशिलता प्रवद्र्धन गर्ने अभियानको घोषणा हुनु राम्रो पक्ष हो । यसका साथसाथै मेक इन नेपाल र मेड इन नेपाल जस्ता निजी क्षेत्रबाट सञ्चालिन अभियानहरुलाई समेत सरकारबाट अवश्यक सहयोग उपलब्ध हुने घोषणाले निजी क्षेत्र उत्साहित हुनु स्वभाविक छ । तर विगतका बजेट घोषणाहरुबाट सञ्चालन गरिएको यस्ता अभियानहरुको कार्यान्वयन, त्यसको सफलता र सो बाट आर्थिक विकासमा पुगेको प्रभावको मूल्याकन विना ल्याइएका यस्ता अभियानहरु केवल नारामा मात्रै सिसिम हुने त होइन भन्ने संकोच पनि भक्तपुर चेम्बर अफ कमर्सको रहेको छ । यसैगरी विदेशी लगानीको सीमा घटाई दुई करोडमात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साही हुन जाने देखिन्छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पु¥याउनका लागि उच्च निर्यात सम्भावना भएका वस्तु एवं सेवाहरुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था हुनु राम्रो पक्ष हो । नेपालबाट निकासी हुने वस्तुहरुको सहज निकासीका लागि प्रयोगशालाहरुको स्तरोन्नती गर्ने देखि लिएर खेतदेखि कारखानासम्म एकिकृत नमुना कार्यक्रम घोषणा हुनु स्वागत योग्य छ ।
उद्योग व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको हदबन्दीभन्दा बढि जग्गा धितो राखी कर्जा लिन, व्यवसाय टाट पल्टेमा विक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तिय संस्थाको कर्जा तिर्न भुक्तानी गर्न पाउने व्यवस्थाले निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।

अगामी आर्थिक वर्ष १२ खर्व ४० अर्व ११ करोड राजस्व उठाउने महत्वकांक्षी लक्ष्य लिइएको छ । कोभिड महामारी पश्चातको पुनरुथानले भरखरै गति लिन थालेको अर्थतन्त्रमा उक्त लक्ष हासिल गर्नु अत्यन्तै कठिन र चुनौतीपूर्ण हुनेछ । साथै तरलताको समस्या भईरहेको वर्तमान परिप्रेक्षमा आन्तरिक ऋणको लक्ष्य २ खर्व ३६ अर्व राखिदा आगामी वर्ष तरलता समस्या झनै विकराल हुने देखिएको छ ।

समग्रमा बजेट उत्साहजनक छ । बजेटमा समावेश भएका कतिपय कार्यक्रमहरुले अर्थतन्त्रलाई सकारात्मकतातर्फ दोहो¥याउने संकेत गरेको छ । मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्दै आर्थिक सामाजिक विकासको आकांक्षा पुरा गर्न सरकारबाट बजेट मार्फत भएको प्रतिवद्धता बमोजिम सहि कार्य भएको खण्डमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पुरा हुने भक्तपुर चेम्बर अफ कमर्सको थम्याई रहेको छ ।

……………………….
न्हुछे रत्न मानन्धर
अध्यक्ष