चाँगुनारायण बासीलाई नगरले निःशुल्न रगत उपलब्ध गराउने
नगर प्रवक्तामा सुडालका खत्री नियुक्त
भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले निःशुल्क रगत उपल्बध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले रक्तदातालाई प्रोत्साहित गर्नका लागि रक्तदाता प्रोत्साहन खर्चलाई बढाउने समेत निर्णय गरेको जानकारी दिनुभयो । यसअघि प्रति रक्तदाता ५० रुपैयाँ दिइरहेकोमा त्यसलाई बढाएर एकसय रुपैयाँ दिने निर्णय भएको छ ।
बैठकले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने निर्णय समेत गरेको छ । ‘हामीले २०७४ सालको निर्वाचनपछि नै नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं, अहिले सो बारेमा निर्णय भएको छ,’ बैठकमा सहभागी वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यातले भन्नुभयो ।
त्यस्तै बैठकले राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति समेत गठन गरेको छ । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीलाई चयन गरेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














