बजारमा मल नभएपछि सहकारीले दिए ५।५ किलो मल
भक्तपुर, जेष्ठ ५ गते
पर्याप्त रासायनिक मल नपाएपछि भक्तपुर साकोसले किसानलाई ५।५ किलो भए पनि मल बाडेको छ । खेतिको सिजनमा पनि मलको अभाव भएपछि सहरकारीसँग भएको डिएपी २० र यूरिया १५ बोरा मललाई ५।५ किलो विक्रिवितरण गरेको भक्तपुर साकोसका व्यवस्थापक सत्यराम सैंजूले जनाएको छ । कृषि सामग्री केन्द्रबाट थप मल आएपछि वितरण गर्ने भनिए पनि तत्काल नआउने भएपछि भएको मललाई ५।५ किलो भए पनि बाडेर कृषिकहरुलाई वितरण गरेको उहाँले बताए । बेर्ना लगाउने बेलामा कृषकहरुले मलको अभाव झेलि रहेका छन् । ५।५ किलो मल भएपनि पाएपछि कृषकहरु भने खुसी भएका छन् ।












