देशभर मतदानको तयारी भई रहँदा भक्तपुर नगरमा मत गणनाको तयारी पूरा
भक्तपुर, बैशाख २५ गते
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहँदा भक्तपुर नगरपालिकामा भन्ने मतगणना स्थल तयारी पूरा गरेको छ । भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्र्यौपाने, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रतिनिधीहरुद्वारा आज स्थलगत निरिक्षण गर्दै मत गणनास्थलको तयारी पूरा भएको जनाएको हो । भक्तपुर नगरको मतगणना भक्तपुर नगरपालिकाको कार्यालयको सभा हलमा ब्यवस्थित रुपमा तयारी पुरा गरेको मुख्य निर्वाचन अधिकृत बास्तोलाले जनाएको छ ।















