छैठौँ निर्वाचन दिवस भोलिबाट विभिन्न कार्यक्रम गरि मनाइने ।
निर्वाचन आयोगले भोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन पनि सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।
यसैबीच राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन ओटा राजनीतिक दल दर्ता भएको छ । तीन ओटा दल थपिएसँगै आयोगमाहालसम्म दर्ता हुने राजनीतिक दलहरूको सङ्ख्या १०६ पुगेको छ । निर्वाचनका लागि मतपत्र छपाइ गर्न आवश्यक पर्ने को स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया समेत अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । साथै मतदानकेन्द्रमा प्रयोग हुने बिभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेशन आयोगबाट स्वीकृत भएको छ ।
Featured Posts – Style 1
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
2026-06-24 Comments Off on मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिकमध्यपुर, असार १० गतेमध्यपुर थिमी नगरपालिकाको आज भएको १४...
चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
2026-06-24 Comments Off on चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड २०८३ असार १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्यसभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू,...
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
2026-06-23 Comments Off on प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ भक्तपुर, असार ९ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान...












