स्वस्थानी व्रत आज समापन हुँदै ।।
पौष शुक्ल पुर्णिमाका दिनबाट सुरु भएको स्वस्थानी व्रत कथा आजबाट विधिवत समापन हुँदैछ । श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी पुस्तकलाईआजबाट वर्षदिनका लागि विसर्जन गरिन्छ । माधवनारायणको व्रत बसेका व्रतालुले पनि आज नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजन पुगेका छन् ।













