कोरोना महामारीका कारण स्थगित भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतेबाट पुनः सुरु हुने ।
भक्तपुर । कोरोना महामारीका कारण स्गगित भएको भक्तपुर कप फुटवल प्रतियोगिता पुनः फागुन ६ गते शुक्रबारबाट सुरु हुने भएको छ । यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । आयोजक युवा टिम गोल्मढी भक्तपुरले स्थगित प्रतियोगिता पुनः सुरु गर्ने जनाएको हो ।
टिमका सदस्य सुजन किसीले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता स्थगित गरेको र कोरोना सामान्य भएसँंगै पुनः फागुन ६ गतेबाट प्रतियोगिता सुरु गर्न लागेको जनाए । यसअघि नै स्थगित गर्दा कोरोना भाइरसको महामरीमा कमी आई वातावरण अनुकुल हुनेवितिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी गराइएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, तैपनि प्रतियोगिता स्थगित गर्नुपरेको थियो, आयोजक टिमका किसीले भने, अहिले वातावरण अनुकुल हुने वितिकै प्रतियोगिताको मिति तय गरी पुनः तयारीलाई तीव्र बनाएका छौं ।
आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सवैप्रति धेरैधेरै धन्यवाद व्यक्त गरे । उनले प्रतियोगिता सुरु हुने निश्चित भएकोले सहयोगका लागि पुनः सवैसँंग आग्रह गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको प्रतियोगिता संयोजक सञ्जीव कवांले जानकारी गराए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको उनले जनाए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको जनाइएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता देखाउने बताइएको छ ।
मित्रता अनुशाशन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो । भक्तपुर नगरपालिका वडा नं ७ मा स्थापित यो टिमले विभिन्न राष्टिय एवं अन्तर्राष्टिय खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । यस टिमले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सफलतापूर्वक गर्न सफल भएको थियो । भकम्पपछि सुस्त भएको यो टिम अहिले फेरि जुर्मुराउन थालेको हो ।…
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













