कोरोना महामारीका कारण स्थगित भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतेबाट पुनः सुरु हुने ।
भक्तपुर । कोरोना महामारीका कारण स्गगित भएको भक्तपुर कप फुटवल प्रतियोगिता पुनः फागुन ६ गते शुक्रबारबाट सुरु हुने भएको छ । यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । आयोजक युवा टिम गोल्मढी भक्तपुरले स्थगित प्रतियोगिता पुनः सुरु गर्ने जनाएको हो ।
टिमका सदस्य सुजन किसीले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता स्थगित गरेको र कोरोना सामान्य भएसँंगै पुनः फागुन ६ गतेबाट प्रतियोगिता सुरु गर्न लागेको जनाए । यसअघि नै स्थगित गर्दा कोरोना भाइरसको महामरीमा कमी आई वातावरण अनुकुल हुनेवितिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी गराइएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, तैपनि प्रतियोगिता स्थगित गर्नुपरेको थियो, आयोजक टिमका किसीले भने, अहिले वातावरण अनुकुल हुने वितिकै प्रतियोगिताको मिति तय गरी पुनः तयारीलाई तीव्र बनाएका छौं ।
आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सवैप्रति धेरैधेरै धन्यवाद व्यक्त गरे । उनले प्रतियोगिता सुरु हुने निश्चित भएकोले सहयोगका लागि पुनः सवैसँंग आग्रह गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको प्रतियोगिता संयोजक सञ्जीव कवांले जानकारी गराए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको उनले जनाए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको जनाइएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता देखाउने बताइएको छ ।
मित्रता अनुशाशन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो । भक्तपुर नगरपालिका वडा नं ७ मा स्थापित यो टिमले विभिन्न राष्टिय एवं अन्तर्राष्टिय खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । यस टिमले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सफलतापूर्वक गर्न सफल भएको थियो । भकम्पपछि सुस्त भएको यो टिम अहिले फेरि जुर्मुराउन थालेको हो ।…
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













