तत्काल रूसी आक्रमणको सम्भावना छैनः युक्रेन ।

तत्काल रूसी आक्रमणको सम्भावना छैनः युक्रेन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको बताएको छ।बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाहरूले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई युक्रेन छोड्न बिहीबार बाइडेनले निर्देशन दिनुभएको थियो । कीभले तनावलाई शान्त पार्ने कोसिस गरेको छ। साथै कुनै पनि बेला सम्पूर्ण युद्ध सुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्याङ्कनसँग युक्रेन सहमत छैन।तर अमेरिकाले आफ्नो राजदूतावासका केही कर्मचारी र परिवारका सदस्यहरूलाई उद्धार गर्न थालिसकेको स्थानीय सञ्चारमाध्यममा बताइएको छ।