शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै ।।
निशु जोशी, कृष्णसार एफएम नेपालगन्ज
शिक्षामा बालिकाको पहुँच बढाउने र बालविवाह न्युनीकरणमा सघाउन बाँकेका स्थानीय तहले साइकल वितरण गरिरहेका छन् । केही पालिकाले आफ्नै बजेटमा र केहीले प्रदेश सरकारको सहयोगमा साइकल वितरण गरेका हुन् । साइकल किन्न नसक्दा कतिपय बालिका विद्यालय जान छोडेको अभिभावकहरूको भनाई छ । राप्तीसोनारी गाँउपालिकाले एक हजार दुई सय १७ जना बालिकालाई यसवर्ष साइकलवितरण गर्न लागेकामा हालसम्म ७ सय ५० वटा वितरण भइसकेको छ । यो कार्यक्रमलेविद्यालय छोडेका छात्रा पुनः विद्यालयमा फर्कने र टाढा रहेका बालिकाहरु विद्यालयमा नियमित हुने अपेक्षा गरिएकोराप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । सुरुमा ७ सय साइकल खरिद गर्ने योजना बनाएपनि कार्यक्रम सञ्चालन गर्न थालेपछि विद्यार्थीको सङ्ख्या बढेर १२ सय १७ पुगेकोउहाँको भनाई छ । गाँउपालिकाले आफ्नै बजेटमा गतवर्ष सुरु गरेको यो कार्यक्रम कोरोनाका कारण रोकिएको थियो । यसअघि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुरले कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ५ सय २ जनालाई साइकल वितरण गरेको थियो । जानकी गाँउपालिका र नेपालगन्ज उपमहानगरपालिकाले समेत आफ्नै बजेटमा साइकल वितरण गरेका थिए ।
Featured Posts – Style 1
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
2026-06-12 Comments Off on ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणभक्तपुर, जेठ २९ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय...
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
2026-06-12 Comments Off on सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागत
सन्तति आविमा छात्रवृत्ति वितरण तथा स्वागतभक्तपुर, जेठ २९ । नपली, सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयमा शुक्रबार विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्ति...
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना
2026-06-12 Comments Off on बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीलाई शुभकामना
बागमती प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई आज गरियो बिदाई, शुभकामनाभक्तपुर, जेष्ठ २९ गतेतेस्रो बागमती प्रदेश खेलकूद प्रतियोगितामा सहभागि हुने...
गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण
2026-06-11 Comments Off on गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण
धनगढी, कैलाली । गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो...














