शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै ।

शिक्षामा बालिकाको पहुँच बढाउन बाँकेका स्थानीय तहले साइकल वितरण गर्दै ।।
निशु जोशी, कृष्णसार एफएम नेपालगन्ज
शिक्षामा बालिकाको पहुँच बढाउने र बालविवाह न्युनीकरणमा सघाउन बाँकेका स्थानीय तहले साइकल वितरण गरिरहेका छन् । केही पालिकाले आफ्नै बजेटमा र केहीले प्रदेश सरकारको सहयोगमा साइकल वितरण गरेका हुन् । साइकल किन्न नसक्दा कतिपय बालिका विद्यालय जान छोडेको अभिभावकहरूको भनाई छ । राप्तीसोनारी गाँउपालिकाले एक हजार दुई सय १७ जना बालिकालाई यसवर्ष साइकलवितरण गर्न लागेकामा हालसम्म ७ सय ५० वटा वितरण भइसकेको छ । यो कार्यक्रमलेविद्यालय छोडेका छात्रा पुनः विद्यालयमा फर्कने र टाढा रहेका बालिकाहरु विद्यालयमा नियमित हुने अपेक्षा गरिएकोराप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । सुरुमा ७ सय साइकल खरिद गर्ने योजना बनाएपनि कार्यक्रम सञ्चालन गर्न थालेपछि विद्यार्थीको सङ्ख्या बढेर १२ सय १७ पुगेकोउहाँको भनाई छ । गाँउपालिकाले आफ्नै बजेटमा गतवर्ष सुरु गरेको यो कार्यक्रम कोरोनाका कारण रोकिएको थियो । यसअघि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुरले कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ५ सय २ जनालाई साइकल वितरण गरेको थियो । जानकी गाँउपालिका र नेपालगन्ज उपमहानगरपालिकाले समेत आफ्नै बजेटमा साइकल वितरण गरेका थिए ।